धान काट्न सघाउँदै, मतदाता फकाउँदै नवराज सिलवाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, २२ कार्तिक । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरु भोट माग्न व्यस्त छन् । यतिखेर खेती भित्र्याउने समय भएकोले पनि मतदाताहरु घरमा नभेटिँदा खेतमै गएर मत माग्न विवश छन् उम्मेदवार ।

केही समय अघि मात्र एमालेमा प्रवेश गरेका नेपाल प्रहरीका पूर्व डिआईजी नवराज सिलवाल वाम गठबन्धनबाट ललितपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।

nawarj silwal

उनले आफ्ना एजेण्डा र योजनाहरु मतदातालाई खेतमै गएर बुझाउने गरेका छन् । सोही सिलसिलामा उनले खेतमा धान काटेको तस्बिर यतिखेर भाईरल बनेको छ । बुधबार भोट माग्ने क्रममा उनले खेतमा गएर धान काटेका हुन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);