वाम टिक्दैन, लोकतान्त्रिकले मात्र गर्छ जनताको हितः मन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

काठमाडौँ, २२ कार्तिक। राप्रपाका अध्यक्ष एवं उप्रधानमन्त्री कमल थापाले वाम गठबन्धनका कारण लोकतन्त्र धरापमा परेको बताएका छन्। स्वार्थको लागि वाम गठबन्धन भएको आरोप लगाउँदै थापाले लोकतान्त्रिक गठबन्धन मात्रै देशको हित गर्ने दाबी गरेका छन् ।

बाँकेमा भएको कार्यक्रममा उपप्रधानमन्त्रीे थापाले लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक गठबन्धन बनाउनु परेको बताए।

चुनावका लागि मात्रै गठबन्धन नबनेको भन्दै उप्रधानमन्त्री थापाले चुनावपछि पनि लोकतान्त्रिक गठबन्धन कायम रहने समेत विश्वास दिलाए। उनले अधिनायकवादी सोच अब नचल्ने र वामको वहकाउमा नआउन समेत आग्रह गरे।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);