हेटौंडा नै प्रदेश ३ को स्थायी राजधानी : कमल थापा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

हेटौंडा,२१ माघ । उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले फागुन दोस्रो साताभित्र नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । शनिबार हेटौंडामा अगुवा कार्यकर्ताहरूसँग अन्तक्र्रिया गर्दै उनले भने, ‘फागुन १०-१२ गतेभित्र नयाँ सरकार बनिसक्छ, हामी सत्ता हस्तान्तरणको लागि आतुर छौं ।’

निर्वाचनलगत्तै सरकार छाड्नुपर्ने भए पनि संवैधानिक जटिलताका कारण नचाहेरै पनि सरकारमा बस्न बाध्य हुनुपरेको थापाले बताए । ‘चुनाव हुनेबित्तिकै सरकार बन्ने प्रावधान नहुँदा समस्या भएको छ’, उनले भने, ‘यो अप्ठ्यारो बाटोलाई संविधान संशोधनमार्फत सच्याउन जरुरी छ ।’

उपप्रधानमन्त्री थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल भ्रमणमा आउँदा राजनीतिक दलका नेताहरू आफ्नो हैसियत ख्याल नगरी लामबद्ध भएर भेट्नु जानु लज्जाजनक भएको बताए । ‘जन्ती लिएर हिँडेजस्तै गरी एउटा देशको विदेशमन्त्रीलाई हाम्रा पूर्व, वर्तमान र हुनेवाला प्रधानमन्त्रीदेखि नेताहरू लाइन लागेर भेट्न गए’, उनले भने, ‘नेताहरूको व्यवहार देख्दा लाग्छ इतिहासले नव्यहोरेको उपनिवेश हाम्रो देशमा अहिले भित्रिँदै छ ।’

कार्यकर्ताहरूमाझ उत्साह थप्दै थापाले जनताले बुझेरै राप्रपालाई हराएको तर्क गरे । ‘राप्रपाले चाहेर पनि दुईतिहाइ ल्याउन सक्ने थिएन, दुईतिहाइ नभई संविधान संशोधन हुँदैन’, उनले थपे, ‘जनताले बुझेरै अब सडकबाटै हिन्दु राष्ट्र निर्माणमा अघि बढ्न हामीलाई म्यान्डेट दिएका हुन् ।’ साथै उनले प्रदेश ३ को राजधानी हेटौंडा कामय गरेर आफूले चुनावको समयमा मकवानपुरका जनतासँग गरेको बाचा पूरा गरेको दाबी गरे ।

‘म हेटौंडा राजधानी भएपछि पाइला टेक्दा निक्कै भावुक भएँ, मैले चुनाव हारे पनि जनतासँग गरेको बाचा पूरा गरेको छु’, उपप्रधानमन्त्री थापाले भने, ‘अझै पनि मकवानपुरको विकासमा लागिरहनेछु ।’ वाम गठबन्धनजस्तो लोकतान्त्रिक गठबन्धन सशक्त बन्न नसकेकाले लोकतान्त्रिक गठबन्धनले हार व्यहोर्नुपरेको उनको भनाइ छ ।

सरकारले प्रस्ताव गरेको सात प्रदेशका राजधानीमध्ये हेटौंडामा मात्रै परिवर्तन भएको बताउँदै उनले प्रधानमन्त्रीले आफ्नो प्रस्ताव स्वीकार गरेको भन्दै शेरबहादुर देउवालाई धन्यवाद दिए । साथै उनले सातै प्रदेशको अस्थायी राजधानी नै स्थायी रूपमा रहनेसमेत दाबी गरे ।

अगुवा कार्यकतर्का भेलामा राप्रपाका सहमहामन्त्री राजाराम बर्तौला, मकवानपुरका कार्यवाहक अध्यक्ष शिवराम थापालगायत नेता÷कार्यकर्ताको उपस्थिति थियो ।आजको अन्नपुर्णपोष्टमा खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);