दलगत स्वार्थ त्याग्ने समय आयोः नेता थापा | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८३, मंगलबार

हेटौंडा, २१ मंसिर। उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले हेटौंडा उपमहानगरपालिका–६ वंशगोपाल उच्च माविको मतदान केन्द्रमा आज बिहान ७ः४० बजे मतदान गरेका छन् ।

सो अवसरमा उनले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै वर्तमान संविधानलाई जीवन्त राख्न र प्रजातन्त्रको सुदृढीकरण गर्ने क्रममा यो निर्वाचनले महत्वपूर्ण योगदान दिएको बताए । उनले राजनीतिक स्थायित्व र दिगोशान्तिका लागि प्रमुख दलहरुको एजेण्डा बन्नुपर्ने बताए ।

उपप्रधानमन्त्री थापाले जनताको आर्थिक समृद्धि गर्ने र राष्ट्रलाई बाह्य शक्तिको चलखेलबाट जोगाउन प्रमुख दलले आफ्नो दलगत स्वार्थ त्यागेर राष्ट्रको लागि त्याग गर्नुपर्ने समय आएको बताए ।

ताजा समाचार