डडेल्धरामा मतदान गर्दै प्रधानमन्त्रीले भने 'देश अब अगाडि बढ्यो' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

डडेल्धुरा, २१ मंसिर। प्रधानमन्त्री एवम् कांग्रेस सभापती शेरबहादुर देउवाले मतदान गरेका छन् । डडेल्धुरा क्षेत्र नं १का उम्मेदवार समेत रहेका देउवाले डडेल्धुरा अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेका हुन् । उनले मतदान गर्दै भने, ‘मैले एतिहासिक काम गरेँ, यो निर्वाचनसँगै देश अब अगाडि बढ्यो।’

डडेल्धुरामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि जिल्लामा ८१ हजार ६३२ मतदाताले मतदान गर्दैछन्। जिल्लामा ७७ मतदानस्थल र ११७ मतदान केन्द्रमा बिहान सात बजेदेखि उत्साहपूर्ण रुपमा मतदान भइरहेको छ।

बिहान हल्का वर्षा भए पनि अहिले आकाश खुलेका कारण मतदाताहरु मतदान केन्द्रतर्फ जान थालेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);