निर्वाचन सरेसंगै डडेल्धुराका मतदाता निराश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

निर्वाचन सरेसंगै डडेल्धुराका मतदाता निराश

बिमल जैरु, १४ बैशाख डडेल्धुरा ।
वैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भन्दै खुसी भएका डडेल्धुराका मतदाता चुनावको मिति एक महिना पछाडि सरेसगैं निराश बनेका छन् । २० बर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जादा डडेल्धुरा जिल्लामा चुनावी सहगर्मि बडि सकेको थियो दल हरुले चुनावलाई आफ्नो

निर्वाचन सरेसंगै डडेल्धुराका मतदाता निराश

बिमल जैरु, १४ बैशाख डडेल्धुरा ।

वैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भन्दै खुसी भएका डडेल्धुराका मतदाता चुनावको मिति एक महिना पछाडि सरेसगैं निराश बनेका छन् । २० बर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जादा डडेल्धुरा जिल्लामा चुनावी सहगर्मि बडि सकेको थियो दल हरुले चुनावलाई आफ्नो पक्षेमा पर्न गाउ गाउ देखि नगर चुनावी सभा लाई तिव्रता दिई सकेका थिए । तर प्रदेश नम्बर सातको निर्वाचन जेष्ठ ३१ गते गर्ने निर्णय गरेपछि दुई दशकपछि हुन लागेकोे निर्वाचनमा मतदान गर्न पाउने आशमा बसेका मतदाता फेरि अनिश्चित बनेको भन्दै निराश बनेका छन ।

कामको सिलसिलामा भारतबाट काम छोडेर घर आएका मतदाता  झनै अन्यांैलमा परेका छन । लामो समयको पर्खाइपछि आफ्ना जनप्रतिनिधि चयन गर्ने अवसर गुम्ने हो की भन्ने चिन्ताले सताएको मतदाता भनाई छ ।

मतदाता मात्रै नभई यहाँका राजनीतिक दलका नेता पनि अन्यांैलमा छन । निर्वाचनको गतिविधि तीव्र भइरहेका समयमा निर्वाचनको मिति सरेसँगै जिल्लाका ग्रामीण क्षेत्रमा दलहरुको निर्वाचन गतिविधि न्यून देखिन थालिएको छ । डडेल्धुरा जिल्लामा १३ दलले निर्वाचन आयोगमा दल दर्ता गरेका छन । जिल्लामा २ नगरपालिका र ५ गाउ पालिकामा ७७ वटा मतदान केन्द्र र ७६९८८ मतदाता नामावली रहेका छन ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जादा जिल्लामा उमेदवारी कसले पाउने भन्ने चर्चा चिहापसल होसया चोक चोकमा भई चहल पहल भईरहने डडेल्धुरा सदरमुकाम बजार  प्रदेश नम्बर सातको निर्वाचन जेष्ठ ३१ गते हुने भने पछि बजारको  चहल पहलमा पनि कमिआएको छ ।
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);