निर्वाचनको मिति सारिएपछि दुई नम्बर प्रदेशका मतदाता निराश | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

निर्वाचनको मिति सारिएपछि दुई नम्बर प्रदेशका मतदाता निराश

श्याम गुप्ता । ३ असार, बारा । स्थानीय विकासका लागि आफूले चाहेको जनप्रतिनिधि चुन्न ब्यग्र प्रतिक्षामा रहेका प्रदेश नम्बर दुईका मतदाता निर्वाचन सरेपछि निरास बनेका छन । पटक पटक निर्वाचन सर्दा निर्वाचन हुन्छकि हँुदैन भन्ने द्धिविधामा परेका छन ।

सरकारले राष्ट्रिय जनता पार्टीको सम्बोधनका लागि भन्दै असार १४ गते दोश्रो चरणका लागि तोकेको  प्रदेश नम्बर २ को निर्वाचन तेश्रो चरणमा गर्ने गरी आगामी असोज २ गतेका लागि सारेको छ । एउटा माग पुरा गरेपछि अर्काे माग थप्दै जाने र निर्वाचन नै हुन नदिने राजपाको रबैयाप्रति जनता भने आक्रोशित भएका छन ।

निर्वाचनको तयारीमा जुटेका स्थानीय जनता,  राजनीतिक दल र तिनका कार्यकर्ताहरु समेत निर्वाचन सरेको प्रति निराश भएका छन ।

निर्वाचनको तयारी स्वरुप नेपाली काँग्रेस , नेकपा एमाले , नेकपा माओवादी केन्द्र , राष्ट्रिय प्रजातन्त्र पार्टी ,संघीय समाजवादी फोरम नेपालले चुनावी प्रचार प्रसार शुरु गरिसकेको अवस्थामा चुनाव सर्दा अन्यौल कायम भएको छ । राष्ट्रिय जनता पार्टीकै कारण निर्वाचन हुन्छ की हँुदैन भन्ने द्धिबिधा सिर्जना भएको छ । मतदाताहरुले  जनमत बुझ्न राजपालाई मैदानमा आउँन आग्रह गर्दै  काठमाण्डौमा बसेर जनमत बिपरित काम नगर्न सुझाव दिएका छन

स्थानीय तहको निर्वाचन मार्फत आफ्ना जनप्रतिनिधि चुन्न ब्यग्र प्रतिक्षामा रहेका प्रदेश नम्बर दुईका  मतदाताको चाहना राष्ट्रिय जनता पार्टीका कारण पर धकेलिएको छ । यद्यपि राजपाका नेताहरुले भने तराइ मधेशका मागहरु पूरा नभएको हुनाले आफूहरु निर्वाचनमा जान नसक्ने बताउँदै आएका छन । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);