निर्वाचन आयोगको असन्तुष्टीकाबीच दुई नम्बर प्रदेशको निर्वाचन स्थिगत | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

निर्वाचन आयोगको असन्तुष्टीकाबीच दुई नम्बर प्रदेशको निर्वाचन स्थिगत

१ असार, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपालबीच दुई नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्ने सहमति भएको छ ।

निर्वाचन आयोगको असहमतिकाबीच विहिबार सिंहदरबारमा बसेको सत्तारुढ दुई दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीको बैठकले प्रदेश नम्बर २ को निर्वाचन तेस्रो चरणमा गर्ने सहमति गरेको हो । बैठक पछि नेकपा माओवादी नेन्द्रकी प्रवक्ता पम्फा भुसालले १, ५ र ७ नम्बर प्रदेशमा भने असार १४ गते नै निर्वाचन हुने बताउनुभयो ।

कांग्रेस नेता विमलेन्द्र निधिले राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन प्रदेश नम्बर दुईको निर्वाचन तेस्रो चरणको गर्ने निर्णय लिनुपरेको बताउनु भयो ।

राष्ट्रिय जनता पार्टीका नेताहरुले भने निर्वाचनमा सहभागी हुने प्रतिवद्धता जनाएका छैनन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्वाचनको मिति नसार्न सरकारलाई चेतावनी दिँदै आएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);