दुई नम्बर प्रदेशको निर्वाचन सार्ने सरकारको निर्णयले विखण्डनवादीको मनोवल बढायोः एमाले | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दुई नम्बर प्रदेशको निर्वाचन सार्ने सरकारको निर्णयले विखण्डनवादीको मनोवल बढायोः एमाले

१ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन तेस्रो चरणमा असोज २ गते गर्ने सरकारको निर्णयको विरोध गरेको छ ।

दुई नम्बर प्रदेशको निर्वाचन सार्ने सरकारको निर्णयले विखण्डनवादीको मनोवल बढायोः एमाले

१ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन तेस्रो चरणमा असोज २ गते गर्ने सरकारको निर्णयको विरोध गरेको छ । बिहिबार विज्ञप्ती जारी गर्दै एमालेले सरकार र राजपा नेपालबीचको सहमति अनुसार दुई नम्बर प्रदेशमा असोज २ गते तेस्रो चरणमा निर्वाचन गर्ने निर्णले विभाजन ल्याउने जनाएको छ । उक्त सहमिले राष्ट्रिय एकतालाई कमजोर बनाउनुका साथै बिखण्डनकारी तत्वहरुको मनोवल बढाएको एमालेको आरोप छ ।

एमालेका सचिव योगेश भट्टराईद्धारा जारी बिज्ञप्तिमा ’प्रदेश नम्बर २ मा निर्वाचन पछि सार्ने कदमले त्यहाँका जनताको आफ्ना प्रतिनिधि छानेर स्थानीय सरकारको अभ्यास गर्ने अधिकार कुण्ठित गरेको तथा संविधान कार्यान्वयनमा गम्भीर धक्का पु¥याएको उल्लेख छ । त्यस्तै सरकार समर्थित राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तारुढ दलले निर्वाचन आयोगको भूमिकालाई कठपुतली बनाउन खोजेको आरोप लगाएको छ ।

दुई नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन सार्ने सत्तारुढ दलको निर्णयले जनतामा गलत सन्देश गएको राप्रपाको ठहर छ । पार्टी अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल ट्विटरमा सरकारको निर्णय अदुरदर्शी र अपरिपक्व भएको टिप्पणी गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);