प्रदेश नम्बर २ को चुनावमा एमालेले सम्पूर्ण शक्ति परिचालन गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

प्रदेश नम्बर २ को चुनावमा एमालेले सम्पूर्ण शक्ति परिचालन गर्ने

काठमाडौ, ७ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने भएको छ ।

 

पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बुधबार बसेको पार्टी स्थायी समिति बैठकले असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको हो ।

 

बैठकले आगामी मंसीर १० गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गर्दै त्यसलाई सफल पार्न पनि सिंगो पार्टीलाई परिचालन गर्ने निर्णय पनि गरेको छ ।

 

प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरिएको पार्टीका सचिव प्रदिप ज्ञवालीले जानकारी दिए । एमालेले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पनि पार्टीलाई पहिलो शक्ति बनाउने दावी गर्दै आएको छ ।

 

एमालेले निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी, नेपाललाई पुनः आह्वान पनि गरेको छ । लोकतन्त्रको सुदृढिकरणका लागि पनि राष्ट्रिय जनता पार्टी, नेपाललाई निर्वाचनमा सहभागी हुन पुनः आह्वान गर्नु परेको सचिव ज्ञवालीले स्पष्ट पारे ।

 

एमालेले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आगामी शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ । दल दर्ताका लागि पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई अख्तियारी दिइएको सचिव ज्ञवालीले जानकारी दिए ।

 

निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि आगामी आईतबारसम्म दल दर्ता गरि सक्न आह्वान गरेको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले तराईमा २० हजार घर परिवारलाई आवास बनाउने कार्यक्रम अघि नबढाएको भन्दै सरकारको आलोचना गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);