समानुपातिक सिटका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने एमालेकोे निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

२६ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक सिटका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको छ ।

पार्टी स्थायी समिति बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समानुपातिक सिटका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने संस्थागत निर्णय गरेको हो । निर्वाचन आयोगले समानुपातिक सिटका लागि मंगलबारसम्म दल दर्ता गराईसक्न दलहरुलाई आह्वान गरेको थियो । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा सोमबार मध्यान्ह बसेको बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्र अनुसारको पार्टीको संगठनात्मक संरचना निर्माण गरेर निर्वाचनको तयारीमा जुटने निर्णय पनि गरेको छ । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्र तय भएकाले सोही अनुसार पार्टीको संगठनात्मक संरचना निर्माण गर्ने निर्णय लिइएको पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिनु भयो ।

बैठकमा नेताहरुले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको तयारीको विषयमा पनि समिक्षा गरेका थिए । एमालेले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पनि पहिलो शक्ति बन्ने दावी गर्दै आएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);