आलूको भाउ बढेर मन्त्रीको भाउ घटेकोः ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आलूको भाउ बढेर मन्त्रीको भाउ घटेकोः ओली

kp oli

२६ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीपरिषद विस्तार भएकोमा असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

अध्यक्ष ओलीले मन्त्री भएकोमा गर्व गर्ने ठाउँ नरहेको प्रतिक्रिया समेत दिनु भयो । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद विस्तार गरेको भोलिपल्ट सोमबार काठमाडांैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले बरु आलूको भाउ होला तर मन्त्रीको भने भाउ घट्दै गएको टिप्पणी पनि गर्नु भयो ।

अध्यक्ष ओलीले सरकारले भारतसँग ग्याँसको बुलेट संचालन गर्ने इजाजत लिन नसकेकोमा पनि आपत्ति जनाउनु भयो । उहाँले नेपालका व्यवसायीहरुको लगानी डुब्ने अवस्था आउँदा पनि सरकार देश र जनताको हितमा पक्षमा उभिन नसकेकोमा आफूलाई सरम लागेको पनि उल्लेख गर्नु भयो ।

कार्यक्रममा अध्यक्ष ओलीले नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टीका नेता, कार्यकर्तालाई पार्टीमा प्रवेश गराउनु भएको थियो । त्यस क्रममा उहाँले पार्टीमा प्रवेश गरेकाहरुलाई जनता र राष्ट्रको हितमा समर्पित हुने अवसर प्रदान गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);