नेपालको संविधान विश्वमै उत्कृष्ट रहेको प्रधानमन्त्रीको दावी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

२६ भदौ, काठमाडौं ।प्रधानमन्त्री एवम् संविधान दिवस राष्ट्रिय मूल समारोह समितिका अध्यक्ष शेरबहादुर देउवाले संविधान दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन सबैमा आह्वान गर्नु भएको छ ।

प्रधानमन्त्री देउवाले विश्वका सबै संविधान भन्दा नेपालको संविधान उत्कृष्ट रहेको दावी पनि गर्नु भयो । उहाँले संविधान समावेशी भएको र यसले जनता आफैलाई शासक बनाउने व्यवस्था गरेको पनि स्मरण गराउनु भयो । सरकारले आगामी असोज २, ३ र ४ गते संविधान दिवसलाई भव्यताका साथ मनाउने तयारी गरेको छ । सोही तयारीको विषयमा छलफल गर्न गृह मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले देशको सर्वाङगीन विकासका लागि संविधानमा तीन तहको व्यवस्था गरिएको पनि स्पष्ट पार्नु भयो ।

प्रधानमन्त्री देउवाले संविधान दिवसको तयारीमा जुटन पनि सबै निकायलाई सचेत गराउनु भयो । सरकारले संविधान दिवसको तयारीका लागि विभिन्न उपसमितिहरु पनि गठन गरेको छ । गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले स्थानीय तहसम्मै संविधान दिवस मनाउन निर्देशन दिइएको पनि जानकारी दिनु भयो ।

सरकारले संविधान दिवसको अवसर पारेर सबै स्थानीय तहमा समेत कार्यक्रम आयोजना गर्न लागिएको पनि स्पष्ट पारेको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);