संविधान कार्यान्वयनमा स्थानीय तहको निर्वाचन कोशेढुंगाः देउवा | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

काठमाडौं, ३ असोज । प्रधानमन्त्री शेर बहादुर देउवाले संविधान कार्यान्वयन तथा संघीयता संस्थागत गर्ने सवालमा स्थानीय तहको निर्वाचन कोशेढुंगा सावित हुने बताएका छन् ।

संविधानले दिएको मुल कार्याभार पुरा गर्ने सम्बन्धमा स्थानीय तहको निर्वाचनमा शान्तिपुर्ण रुपमा सम्पन्न भएको भन्दै उनले संघियता कार्यान्वयनमा कोशेढुंगा सावित हुने बताएका हुन् । नेपालको संविधान घोषणा भएको तेश्रो बार्षिक दिवसको उपलक्ष्यमा मंगलबार काठमाडौको सैनिक मञ्चमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भएको कार्यक्रममा प्रधानमन्त्री देउवाले निर्वाचन सम्बन्धी सम्पुर्ण कानुन समेत बनाईसकिएको उल्लेख गर्दै प्रदेश र संघीय संसदको निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन राजनीतिक दललाई आग्रह गरेका छन् । उनले संविधान कार्यान्वयन गरि राष्ट्रिय एकता सुदृढ बनाई सम्बृद्ध राष्ट्रतर्फ मुलुकलाई अघि बढाउन आ आफ्नो स्थानबाट सहयोग गर्न पनि सबैलाई आव्हान गरेका छन् ।

प्रधानमन्त्री देउवाले नेपालको संविधानबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत हुनुको साथै बहुलवादीमा आधारित लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिक मताधिकार, आवधिक निर्वाचन, पुर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानुनी राज्यको स्थापना जस्ता लोकतन्त्रका आधारहरुको जगमा दिगो शान्ति, सुशासन, विकास र सम्वद्धि प्राप्तीका लागि मार्गदर्शन भएको उल्लेख गरे । उनले संविधानले नेपालमा बसोबास गर्ने सबै जातजाति, भाषा भाषिको हक अधिकारलाई संस्थागतरुपमा सुनिश्चित गरेको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री देउवाले स्थानीयतहको निर्वाचन सम्पन्न भएको भन्दै प्रदेश र संघीय संसदको निर्वाचन पश्चात संघीय संविधान पुर्णतया कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्नुभयो । संविधान जारी गर्दाको बखर रुष्ठ बनेको छिमेकी राष्ट्र भारतले पहिलो पटक संविधान दिवसको अवसरमा शुभकामना पठाएको छ । यता संविधानप्रति असहमति जारी गर्दै आएका मधेस केन्द्रीत दलहरु पनि स्थानीय तहको निर्वाचनमा सहभागी भएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);