असन्तुष्टिले चेपुवामा निर्वाचन ! | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

असन्तुष्टिले चेपुवामा निर्वाचन !

१० माघ, काठमाण्डौं । स्थानीय निकायको निर्वाचन गर्ने कि स्थानीय तहको भन्ने विषयमा प्रमुख राजनीतिक दलहरुबिच मतभेद रहँदै आएको थियो । तर, प्रमुख तीन राजनीतिक दलहरु स्थानीय तहको नै निर्वाचन गराउन सहमत भएका छन् । प्रमुख राजनीतिक दलहरु निर्वाचनको लागि सकारात्मक भए पनि मधेस केन्द्रित दलहरुले भने निर्वाचन अस्वीकार गर्ने चेतावनी दिएको छ ।

असन्तुष्टिले चेपुवामा निर्वाचन !

विनय कुमार

१० माघ, काठमाण्डौं । स्थानीय निकायको निर्वाचन गर्ने कि स्थानीय तहको भन्ने विषयमा प्रमुख राजनीतिक दलहरुबिच मतभेद रहँदै आएको थियो । तर, प्रमुख तीन राजनीतिक दलहरु स्थानीय तहको नै निर्वाचन गराउन सहमत भएका छन् । प्रमुख राजनीतिक दलहरु निर्वाचनको लागि सकारात्मक भए पनि मधेस केन्द्रित दलहरुले भने निर्वाचन अस्वीकार गर्ने चेतावनी दिएको छ ।

लामो छलफल र बहस पछि अन्ततः प्रमुख राजनीतिक दलहरु तोकिएकै समय भित्र तीनै तहको निर्वाचन गर्न सकारात्कम देखिएका छन् । साथै प्रमुख तीन दलले निर्वाचन आयोगमा रिक्त रहेका आयुक्तहरुको पदपूर्ती गर्न पनि पहल गर्ने भएका छन् । प्रमुख दलहरुबीचको छलफलमा आवश्यक कानुन निर्माण गरी बैशाख भित्र स्थानीय तहको निर्वाचन र मंसिरसम्म प्रदेश र संघको निर्वाचन सम्पन्न गर्ने समझदारी बनेको नेकपा एमालेका उपाध्यक्ष भीम रावलले जनाउनुभयो ।

संविधान संशोधन विधेयक थाती राखेर भए पनि निर्वाचनमा केन्द्रित हुने तीन दलको निर्णयलाई संविधान कार्यान्वयनका निम्ति सकारात्मक कदम मान्न सकिन्छ । प्रमुख तीन दलको समझदारीले निर्वाचन हुने आशा जगाए पनि संविधान संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएका मधेस केन्द्रित दलहरुले भने यसलाई नैटकींको संज्ञा दिएका छन् । साथै उनीहरुले संविधान संशोधन नभएसम्म निर्वाचन स्वीकार गर्न नसकिने संघीय समजावादी फोरमका नेता डां शिवजी यादवले जनाउनुभयो ।

मधेस केन्द्रित दलहरुले संविधान संशोधनलाई आफ्नो प्रमुख मुद्दा बनाउँदै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि मधेस केन्द्रित दलहरुलाई संविधान संशोधन गर्ने आश्वासन दिँदै आएका थिए । तर, तीन दलबीच भएको सहमति र मधेसकेन्द्रित दलको प्रतिक्रिया हेर्दा दलहरुबीच अझै धुव्रिकरण बढ्ने हो की भन्ने शंका  नेपाली काँग्रेसका नेता कल्याण गुरुङको भनाइ छ ।
 
संविधान निर्माणको क्रममा एकजुट भएका दलहरु पुनः एकपटक निर्वाचनका लागि सैद्धान्तिक सहमति गरेका छन् । निर्वाचनमा केन्द्रित हुने प्रमुख राजनीतिक दलहरुको कदमले सकारात्मक सन्देश दिए पनि असन्तुष्ट पक्षको मागलाई बेवास्ता गरिदा राजनीतिक धुव्रिकरण बढ्ने तर्फ पनि सचेत हुन जरुरी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);