विना हतियार कसरी लड्ने ?: प्रमुख निर्वाचन आयुक्त | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

विना हतियार कसरी लड्ने ?: प्रमुख निर्वाचन आयुक्त

१० माघ, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन सम्बन्धि ऐन कानुन निर्माणमा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा निर्वाचन सम्बन्धि कानुन निर्माणमा ध्यानाकर्षण गराउनुभएको हो ।

भेटमा उहाँले आयोग निर्वाचनका लागि आन्तरिक र प्राविधिकरुपमा तयार रहेको समेत जानकारी गराउनुभएको थियो । प्रमुख आयुक्त यादवले राजनीतिक ढिलासुस्तीका कारण चैतमा चुनावको सम्भावना टरिसकेको भन्दै कम्तिमा एक सय दिन अगाडि नै आवश्यक कानुन बनाउन प्रधामन्त्रीलाइ सुझाव दिनु भएको थियो ।

समयमा कानून नआए २०७४ माघ ७ भित्र तीनवटै तहको चुनाव गराउन असम्भव रहेको यादवले प्रधानमन्त्रीलाई अवगत गराउनु भएको थियो । प्रधानमन्त्री प्रचण्डले बैशाखको अन्तिम साता स्थानीय तहको निर्वाचन गराउने सन्दर्भमा प्रमुख आयुक्त यादवसँग छलफल गर्नुभएको थियो । यस अघि वैशाखमा स्थानीय चुनाव गर्ने प्रमुख तीन दलवीच सहमति भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);