प्रमुख निर्वाचन आयुक्तले दिए दलहरुलाई कडा चेतावनी, भन्छन्–उम्मेदवारी खोसीन सक्छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रमुख निर्वाचन आयुक्तले दिए दलहरुलाई कडा चेतावनी, भन्छन्–उम्मेदवारी खोसीन सक्छ

आचार संहिता भित्र रहेर चुनाव प्रचार प्रसार गर्न राजनीतिक दलहरुलाइ प्रमुख निर्वाचन आयुक्त यादवको आग्रह, उल्लंघन गरे कारवाही गर्ने चेतावनी

प्रमुख निर्वाचन आयुक्तले दिए दलहरुलाई कडा चेतावनी

प्रतिक्षा शर्मा, काठमाडौं

निर्वाचन आयोगका प्रमुख आयुक्त डाक्टर अयोधी प्रसाद यादवले उम्मेदवार र राजनितीक दलहरुलाइ निर्वाचन आचार सहिता भित्र रहेर चुनावी प्रचारप्रसार गर्न आग्रह गर्नुभएको छ ।

लैगिक तथा समाबेशीता कार्यक्रम अन्तर्गत बहिरा नागरिकका लागी बुधबार स्थानिय तह निर्वाचन सम्बन्धी प्रशिक्षण कार्यक्रममा आयुक्त यादवले चुनावी प्रचारप्रसार गर्दा आचार सहितालाइ पालना गर्न आग्रह गर्नु भयो ।

उहाले निर्वाचन आचार संहिता पालना नगरेको पाइएमा ऐन कानुन अनुसार कारवाही गर्ने चेतावनी दिनुभयो ।

उम्मेदवारको मोनोनयन दर्ता पछि चुनावी रौनक बढदै गएको बताउदै आयुक्त यादवले दुबै चरणको निर्वाचन सुनिश्चित भएको बताउनुभयो ।

उहाले संचार माध्यमले निर्वाचनको वातावरण बनाउन ठुलो भुमिका खेलेको उल्लेख गर्नु भयो ।

डाक्टर यादवले निर्वाचनमा सबै क्षेत्र र समुदायको उम्मेदवारी परेको उल्लेख गर्दै स्वच्छ र धाधली रहित निर्वाचन गराउन सबैसंग आग्रह गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);