सिन्धुलीमा १,४४५ जना चुनावी मैदानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सिन्धुलीमा १,४४५ जना चुनावी मैदानमा

राजन विक
२०, बैशाख सिन्धुली । स्थानीय तहको निर्वाचनमा सिन्धुलीमा १ हजार ४ सय ४५ जनाको विच महा भिडन्त हुने भएको छ । जिल्लाका दुई नगरपालिका र सात वटा गाउँपालिकामा १ हजार ४ सय ४५ जना ठुला तिन दल सहित साना दल र स्वतन्त्र उमेद्वाहरुहरु मनोनयन दर्ता गराएपछि उनिहरु विच कडा प्रतिस्पर्धा हुने भएको हो ।

सिन्धुलीमा १

राजन विक २०, बैशाख सिन्धुली । स्थानीय तहको निर्वाचनमा सिन्धुलीमा १ हजार ४ सय ४५ जनाको विच महा भिडन्त हुने भएको छ । जिल्लाका दुई नगरपालिका र सात वटा गाउँपालिकामा १ हजार ४ सय ४५ जना ठुला तिन दल सहित साना दल र स्वतन्त्र उमेद्वाहरुहरु मनोनयन दर्ता गराएपछि उनिहरु विच कडा प्रतिस्पर्धा हुने भएको हो । कमलामाई नगरपालिकामा मेयर, उपमेयर, वडा अध्यक्ष, वडाका महिला , दलित महिला र खुल्ला सदस्य गरी जम्मा ३ सय २५ जनाले मनोनयन दर्ता गराएका छन् । यस्तै दुधौली नगरपालिकामा सबै पदका लागि दुई सय ३४, तिनपाटन गाउँपालिकाका लागि २ सय १, फिक्कल गाउँपालिकाका लागि ९१, हरिहरपुरगढी गाउँपालिकाका लागि १ सय ३०, शुनकोसी गाउँपालिकाका लागि १ सय २३, गोलन्जोर गाउँपालिकाका लागि १ सय २६, मरिण गाउँपालिकाका लागि १ सय २२ र घ्याङलेक गाउँपालिकाका लागि ९३ जनाले विभिन्न पदका लागि मंगलबार मनोनयन दर्ता गराएका छन् ।

 

मंगलबार स्थानीय तहको लागि मनोनयन दर्ता गर्नेहरु मध्ये जिल्लामा कुनैपनि उमेद्वारहरुमाथी दावी विरोध नपरेपछि उनिहरुको नामावली निर्वाचन अधिकृतको कार्यालयहरुले अन्तिम रुप दिन लागेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार बिहिबार अन्तीम नामावली प्रकाशन भएपछि उनिहरुले पार्टी र स्वतन्त्र उमेद्वारहरुको चुनाव चिन्ह पाउने छन् । जिल्लामा चुनावी महा भिडन्तमा कमलामाई नगरपालिका र दुधौली नगरपालिकाको मेयर पदका लागि १६ र उपमेयर पदका लागि १५ उमेद्वारविच प्रतिस्पर्धा हुने भएको छ । यस्तै सात वटा गाउँपालिकाको अध्यक्षका लागि ३६ जना र उपाध्यक्षका लागि ३० जनाले मनोनयन दर्ता गराएपछि उनिहरुविचमा प्रतिस्पर्धा हुने देखिएको मुख्य निर्वाचन अधिकृत परशुराम भट्टराइले जानकारी दिनु भयो । ‘जिल्लाका सात गाउँ पालिका र दुई नगरपालिकामा गरी मेयर तथा उपमेयर र अध्यक्ष तथा उपाध्यक्षमा मात्र ९७ जनाको उमेद्वारी परेको छ ।

 

उहाँहरु मध्ये कसैको विरुद्ध दावी विरोध पनि नआएको र फिर्ता पनि कसैले लिएका छैनन्,’ उहाँले भन्नु भयो । कमलामाई नगरपालिकाको १४ वटा वडा बाहेक दुधौली नगरपालिका र सात गाउँपालिकामा गरी जम्मा ६५ वटा वडाको वडा अध्यक्षका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, नयाशक्ती, बैद्य माओवादी, संयुक्त जनमोर्चा लगायतका पार्टी र स्वतन्त्र उमेद्वारगरी २ सय ८९ जनाको उमेदवारी परेको छ । ७९ वटा वडाका लागि ७९ जना वडा अध्यक्ष निर्वाचीत हुने भएपनि वडा अध्यक्षका लागि दावेदारहरु जिल्लामा धेरै देखिएका छन् । कमलामाई नगरपालिकामा भने मेयर उपमेयर बाहेकका उमेद्वारहरुको विवरण सर्वजनीक भइ सकेको छैन् । यस्तै दलित महिला सदस्यहरुमा कमलामाई नगरपालिका बाहेक १ सय ९७ जनाको उमेदवारी परेको छ । खुल्ला महिला सदस्यमा सदस्यमा २ सय ४२ जनाको उमेदवारी परेको छ ।

 

दलित महिला सदस्य मध्ये मरिण गाउँपालिका वडा नम्बर १ बाट दलित महिला सदस्यमा एक जनाको मात्र उमे्दावरी परेपछि उक्त वडाबाट माओवादी केन्द्रकी उमेद्वार चेलीमायाँ विक निर्वीरोध निर्वाचीत हुनु भएको छ । यस्तै एक नगरपालिका र सात वटा गाउँपालिकामा ३ सय ६३ जना खुल्ला सदस्यको मनोनयन दर्ता भएको छ । जिल्लामा मुख्यगरी तिन ठुला दलहरुविच कडा प्रतिस्पर्धा हुने देखिएपनि राप्रपा, नयाशक्ति, जनमोर्चा लगायतका साना दलका नेता तथा कार्यकर्ताहरु पनि आफ्नो जित हुने दावी गर्दै निर्वाचन प्रचारप्रसार तथा भोट माग्न घर दैलोमा व्यस्त छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);