दुवै चरणका स्थानिय निर्वाचन तोकिएकै मितिमा | ईमाउण्टेन समाचार

Our Network

असार ५ २०८१, मंगलबार

दुवै चरणका स्थानिय निर्वाचन तोकिएकै मितिमा

नवराज खनाल ,२० बैशाख कैलाली ।
नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब सुचना तथा सञ्चारमन्त्री डा मिनेन्द्र रिजालले सरकारले घोषणा गरेका दुवै चरणका स्थानिय निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने वताउनु भएको छ । नेपाल प्रेस युनियन लम्की शाखाले आज लम्कीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेता रिजालले कुनै पनी हालतमा निर्वाचन

दुवै चरणका स्थानिय निर्वाचन तोकिएकै मितिमा

नवराज खनाल ,२० बैशाख कैलाली ।

नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब सुचना तथा सञ्चारमन्त्री डा मिनेन्द्र रिजालले सरकारले घोषणा गरेका दुवै चरणका स्थानिय निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने वताउनु भएको छ । नेपाल प्रेस युनियन लम्की शाखाले आज लम्कीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेता रिजालले कुनै पनी हालतमा निर्वाचन नरोकिने स्पष्ट पार्नु भएको हो । अहिलेको देशेको मुख्य आवश्यकता निर्वाचन भएको भन्दै रिजालले तोकिएकै मितिमा निर्वाचन गर्नुको विकल्प नरहेको वताउनु भयो ।

 

प्रधानन्याधिश शुशिला कार्कीमाथि संसदमा पेश भएको महाअभियोग प्रस्ताव स्वभाविक भन्दै रिजालले कुनै पनी हालतमा फिर्ता नहुने समेत स्पष्ट पार्नुभयो । चन्द प्रकारणका कारण मात्र नभइ न्यायलयको सुधारका लागी समेत महाअभियोग प्रस्ताव ल्याइएको उहाले वताउनुभयो । काग्रेस निर्वाचन चाहादैन भन्न्ने पत्रकारको जिज्ञासामा नेता रिजालले निर्वाचन गराउन नचाहानेले नै त्यो आरोप लगाएको उहाको भनाइ थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);