स्थानिय तहको निर्वाचन हुनेमा ओलीले गरे आशंका, भने– गठबन्धन देशलाई असंवैधानिक बाटोमा लान खोज्दै छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

स्थानिय तहको निर्वाचन हुनेमा ओलीले गरे आशंका, भने– गठबन्धन देशलाई असंवैधानिक बाटोमा लान खोज्दै छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तोकिएको मितिमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले स्थानीय तहको निर्वाचन गराउनेमा शंका व्यक्त गरेका छन् । शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी केन्द्रीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले निर्वाचन तोकिएकै मितिमा गराउन सबैलाई सतर्क रहन आग्रह समेत गरे । 

‘एउटा उखान छ– ढाँटको निम्तो खाइ पत्याइनु । जबसम्म खाइदैन तबसम्म ढाँटले निम्तो गर्यो भने भोकै बस्न पर्छ,’ ओलीले भने, ‘अझै पनि हामी सजकताका साथ निर्वाचन निश्चित रुपमा गराउने र अहिले तोकिएअनुसार निर्वाचन गराउने कुरामा सजकताका साथ लाग्नुपर्छ । निर्वाचन नगराउने षडयन्त्र हुनसक्छ ।’ 

एमालेको दबाबकै कारण सरकारले २०७९ वैशाख ३० गते एकेचरणमा गर्नेगरी स्थानीत तह निर्वाचनको मिति घोषणा गरेको दाबी उनले गरे ।  

स्थानीय तह निर्वाचनको मिति घोषणा भएपछि पनि सरकारमा सहभागी कोही अदालत जाने कोही निर्वाचन हुनै सक्दैन भन्दै हिडेकोले आशंका बढाएको उनले बताए । 
‘स्थानीय तहको निर्वाचन गराउने घोषणा गरेपछि गठबन्धनबाट यी कुरा आएका छन् । गठबन्धन देशलाई असंवैधानिक बाटोमा लैजाने प्रयासमा अहिले पनि लागिरहेको छ । हामी सजग रहनुपर्छ,’ ओलीले भने ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);