तोकिएकै मितिमा निर्वाचन हुन्छः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

तोकिएकै मितिमा निर्वाचन हुन्छः प्रधानमन्त्री

१७ चैत्र, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले सबै राजनीतिक दलहरुको सहमतिमा स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने बताउनुभएको छ ।

तोकिएकै मितिमा निर्वाचन हुन्छः प्रधानमन्त्री

१७ चैत्र, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले सबै राजनीतिक दलहरुको सहमतिमा स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने बताउनुभएको छ ।

विहिवार निर्वाचन आयुक्तहरु संगको छलफको क्रममा प्रधानमन्त्री दहालले७ सय ४४ वटै स्थानीय तहमा मैत्रीपूर्ण चुनाव गराउन आफू प्रतिवद्ध रहेको बताउनुभयो । बैठकमा राजनितिक सहमतिको प्रयास भईरहेको भन्दै प्रधानमन्त्री दाहालले सबै दलहरुलाई समेटेर निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गर्नूभएको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले ५१ वटा जिल्लाको मतपत्र छापिसकेको तथा मतदाता परिचयपत्र तयारीको काम अन्तिम चरणमा पुगेकालेसवै दलहरुलाई निर्वाचन चिन्ह बितरण गर्न नसकिएको आयोगले जनाएको छ। आगामि बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचन एकै चरणमा गराउन निर्वाचन आयोग तयार रहेको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रशाद यादवले जानकारी दिनुभयो ।

उहाँले कानुनी जटिलताको कारणले मतपत्रमा सबै दलहरुको निर्वाचन चिन्ह समेट्न नसकिएको बताउनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);