संविधान संशोधनका लागि लचकता अपनाउन मधेसबाट प्रतिनिधित्व गर्ने एमाले कार्यकर्ताहरुको नेतृत्वलाई सुझाव | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

संविधान संशोधनका लागि लचकता अपनाउन मधेसबाट प्रतिनिधित्व गर्ने एमाले कार्यकर्ताहरुको नेतृत्वलाई सुझाव

१७ चैत्र, काठमाडौं । नेकपा एमालेका २ नम्बर प्रदेशका कार्यकर्ताहरुले संविधान संशोधनमा लचक बन्न नेतृत्वलाई सुझा दिएका छन् ।

संविधान संशोधनका लागि लचकता अपनाउन मधेसबाट प्रतिनिधित्व गर्ने एमाले कार्यकर्ताहरुको नेतृत्वलाई सुझाव

१७ चैत्र, काठमाडौं । नेकपा एमालेका २ नम्बर प्रदेशका कार्यकर्ताहरुले संविधान संशोधनमा लचक बन्न नेतृत्वलाई सुझा दिएका छन् ।

बुधबार र बिहीबार महोत्तरीमा आयोजना भएको दूई नम्बर प्रदेश स्तरीय कार्यकर्ता अगुवा भेलामा सहभागिहरुले राष्ट्रिय सभाको प्रतिनिधित्व जनसंख्याकै आधारमा हुनुपर्ने गरी संविधान संशोधनलाई समर्थन गर्न नेतृत्वलाई सुझाव दिएका हुन् । सीमांकन हेरफेर, भाषा र नागरिकताको सवालमा पार्टीले लिएको नीति सही भए पनि राष्ट्रिय सभाको प्रतिनिधित्व भने जनसंख्याकै आधारमा हुनुपर्ने सहभागीहरुको धारणा थियो ।

भेलामा पोलिटब्यूरो सदस्य तथा धनुषाका सांसद सत्रुघन महतोले संविधान संशोधन र स्थानीय निर्वाचनको सम्बन्ध नभएकाले पहिले चुनाव त्यसपछि संशोधनमा जान सकिने बताएका थिए । दूई नम्बर प्रदेशका एमाले कार्यकर्ताले चुनावमा जानैैपर्ने अडानमा कायम रहन समेत नेतृत्वलाई सुझाव दिएका छन् । एमालेको प्रदेश भेलाले सप्तरी बाहेकका मधेसका अन्य जिल्लाहरुमा निर्वाचन जित्न सकिने निश्कर्ष समेत निकालेको छ ।

बुधवारदेखि बर्दिबासमा शुरु भएको २ नम्बर प्रदेशस्तरीय कार्यकर्ता भेलामा सो प्रदेश अन्तर्गतका ८ जिल्ला अध्यक्षले आ–आफ्नो जिल्लाका स्थानीय तहको सम्भावित चुनावी आँकलन सहितको रिपोर्ट पेश गरेका थिए ।

Leave a Reply