संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी हुने संकेत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी हुने संकेत

काठमाडौं, ११ फागुन । एमाले नेतृत्वको सरकारमा सहभागी हुन संघीय समाजवादी फोरमले पनि तयारी थालेको छ । फोरम पनि सरकारमा सहभागि हुने तयार देखिएपछि एमाले–माओवादी गठबन्धनले प्रदेश नम्बर–२ को सभामा संघीय समाजवादी फोरम संसदीय दलका नेता लालबाबु राउतलाई विश्वासको मत दिएका छन् । सत्ता गठबन्धनमा फोरम पनि सहभागि भएमा सरकार स्पष्ट दुइतिहाइ बहुमतमा पुग्ने छ ।

संविधान संशोधनमा एमालेको अडानविरुद्ध उभिएर निर्वाचनमा मधेसी जनताको ‘सेन्टिमेन्ट’ बटुलेको संघीय समाजवादी फोरम अन्ततः एमाले नेतृत्वकै सरकारमा सहभागि हुन तयार देखिएको छ । संविधान संशोधनको मुद्दामा लिएको अडानका कारण नै २ नम्बर प्रदेशमा कम मत पाएको एमालेले मधेस केन्द्रित दललाई सरकारमा सहभागि गराउन प्रदेश २ का मुख्यमन्त्रीमा फोरमका लालबाबु यादवलाई विश्वासको मत दिएको छ ।

योसँगै दुई दलबीच सत्ता साझेदारीको संकेत देखिएको हो । त्यसका दुईपक्ष र त्रिपक्षीय छलफल चलिरहेको छ । फोरमका नेताहरु त परराष्ट्र मन्त्रालयले संघीय समाजवादी फोरमलाई कुरेर बसिरहेको बताउन थालेका छन् ।

एमालेको समर्थनले संघीय समाजवादी फोरमलाई प्रदेश नम्बर–२ मा दुइतिहाई बहुमत प्राप्त भएको छ भने त्यसको ऋण तिर्दै संघीय समाजवादी फोरमले केन्द्रमा एमालेलाई दुई तिहाई बनाइदिने तयारी गरेको छ ।

दुइतिहाइ बहुमत प्राप्त भएमा २०६३ सालको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारपछि केपी ओलीको सरकार नैं दुइ तिहाइ समर्थन प्राप्त सरकार बन्ने छ । एमाले–फोरमको केन्द्र र प्रदेशमा उत्साहप्रद सहकार्य चलिरहँदा फोरमसँग प्रदेशनम्बर दुईमा गठबन्धन गरेको राष्ट्रिय जनता पार्टी भने यसलाई नियाली रहेको छ ।

उसले भने संविधान संशोधन हुने सुनिश्चित नभएसम्म सरकारमा नजाने बताइरहेको छ । संविधान संशोधनको मुद्दालाई भुलेर विश्वासको मतको पैँचो तिर्नकै लागि फोरम सरकारमा जान लागेको भए त्यो घातक हुने राजपाले टिप्पणी गरेको छ । सरकार संचालनका लागि मात्र अहिलेको एमाले–माओवादी गठबन्धनलाई अन्य दलको आवश्यकता छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);