संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने संकेत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने संकेत

काठमाडौं, १४ माघ । संघीय समाजवादी फोरमले वामपन्थी नेतृत्वको सरकारमा सहभागी हुने संकेत गरेको छ ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमाले संविधान संशोधन गर्न तयार भए आफ्नो पार्टी उसको नेतृत्वमा गठन हुने सरकारमा सहभागी हुने बताएका छन् । आईतबार काठमाडौंमा आयोजित साक्षात्कारमा अध्यक्ष यादवले सरकारमा स्वागत गर्ने भए संविधान संशोधनका लागि तयार हुन एमाले नेतृत्वसँग आग्रह पनि गरे ।

अध्यक्ष यादवले प्रदेश नम्बर २ मा संघीय फोरमकै नेतृत्वमा सरकार बन्ने दाबी पनि गरे । राजपाले पनि दुई नम्बर प्रदेश सरकारको दाबी गरिरहेको बेला यादवले फोरमकै नेतृत्वमा सरकार बन्ने बताएका हुन्।  २ नम्बर प्रदेशमा संघीय फोरमको नेतृत्वमा सरकार गठन गर्ने विषयमा राजपासँग चरणबद्ध छलफल भइरहेको उनले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);