संघीय समाजवादी फोरम र राजपा सरकारमा जाने तयारीमा | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८३, सोमबार

संघीय समाजवादी फोरम र राजपा सरकारमा जाने तयारीमा

काठमाडौं, २६ चैत । संविधान संशोधनको उधारो सर्तमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएका संघीय समाजवादी फोरम र राजपा नेपालले सरकारमा जाने तयारी गरेका छन् । लिखित सहमति नभएसम्म सरकारमा नजाने अडान लिएका दुबै दलका नेताहरु अब भने छिट्टै सरकारमा सहभागि हुने बताइरहेका छन् ।

सरकारमा सहभागि हुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएका दुई मधेस केन्द्रत दल संघीय समाजवादी फोरम र राजपा नेपाल अहिलेसम्म सरकारमा गएका छैनन् ।

प्रधानमन्त्री आलीले दुबै दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने प्रयास गरेपनि संविधान संशोधन लगायतका मुद्धामा लिखित सहमति नभएसम्म सरकारमा सहभागि नहुने अडान लिएका फोरम र राजपाका नेताहरु अब भने छिट्टै सरकारमा सहभागि हुने बताइरहेका छन् ।

तथापी आफ्नो भारत भ्रमणभन्दा अघि नै प्रधानमन्त्री ओलीले संविधान संशोधनको प्रक्रिया अघि बढाउने आश्वासन दिए पनि यसले प्राथमिकता नपाएको समाजवादी फोरमका नेता शिवजी यादवको भनाइ छ ।

खासगरी मन्त्रालयको भागबण्डामा कुरा नमिलेपछि पछि हटेका मधेसकेन्द्रित दलका नेताहरु यसलाई स्वीकार गर्न भने तयार छैनन् । प्रधानमन्त्री भारत भ्रमणको तयारीमा व्यस्त भएकाले सरकार विस्तारको विषय ओझेलमा परेको उनीहरुको तर्क छ ।

 दुबै दलले सरकारमा जान प्रतिस्प्रधात्मक हतारो देखाइरहेका छन् । तर, अब मन्त्रिपरिषदमा दुई सीट मात्र बाँकी छ । दुबै दलले दुई भन्दा बढी मन्त्रालय दाबी गरिरहेको अबस्थामा दुबै दलको सरकारमा सहभागि हुने सम्भावना भने न्यून छ ।

ताजा समाचार