भारत भ्रमण नेपालको हितमा : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भारत भ्रमण नेपालको हितमा : प्रधानमन्त्री ओली

काठमाडौं २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण नेपालको हितमा भएको बताएका छन् । सुनचाँदी व्यावसायी महासँघको पाँचौ साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्

प्रधानमन्त्री ओलीले नेपालको हितको पक्षमा छिमेकीसँग कुरा गर्न मात्र होइन त्यसलाई सदर गराउन पनि सकिने बताए । देशको चासोका बिषय छिमेकीसँग छलफल गरेर सदर गराउन सकिन्छ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले सरकार रोजगारी सृजना गर्ने, उत्पादन बढाउने, जनताको आर्थिक स्तर उकास्ने कार्यमा लागेको बताए । प्रधानमन्त्री ओलीले सरकार व्यावसायीको सुरक्षामा गम्भिर रहेको बताए । उनले व्यावशायी मात्र हैन हरेक नागरिकले सुरक्षाको चिन्ता लिनु नपर्ने बताएका छन् । ‘नेपालको सिमा भित्र हुने कोही कसैले पनि अब सुरक्षाको चिन्ता गर्नु पर्दैन’ प्रधानमन्त्री ओलीले भने ‘सरकार गैह्र कानुनी, हिंसात्मक र अपराधपूर्ण क्रियाकलापलाई सहँदैन ।’

प्रधानमन्त्री ओलीले अबको नेपालमा अबैधानिक काम, तस्करी जस्ता कुराहरु बर्जित हुने बताए । ‘तस्करीको कुरा गर्दा सुनको पनि नाम आउँछ’ प्रधानमन्त्री ओलीले भने ‘तर अब जे गर्नुछ कानुनी तवरले गर्नुहोस । कानुनी अफ्ठ्यारा छन् भने त्यसलाई फुकाउने काम सरकारले गर्छ ।’

प्रधानमन्त्री ओलीले व्याववशायीहरुलाई हरेक व्यावसाय नक्कली होइन सक्कली ढंगले गर्न आग्रह गरे । नाफामुखी मात्र भन्दा पनि हरेक उपभोक्ताको हितलाई ध्यान दिएर काम गर्न प्रधानमन्त्री ओलीले आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);