हरेक क्षेत्रमा नेपाललाई प्रविधिमय बनाउँछौं : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

हरेक क्षेत्रमा नेपाललाई प्रविधिमय बनाउँछौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक क्षेत्रलाई प्रविधिसँग जोडिने बताएका छन् ।

नापी विभागमा बिहीबार आयोजित ‘नेपाल ल्याण्ड इन्फरमेशन सिस्टम’ र ‘मेरो कित्ता’ अनलाइन प्रणालीको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने– ‘नेपाललाई हरेक प्रविधिमय बनाउँछौं, विज्ञानमय बनाउँछौं ।’ सुखी नेपाली : समृद्ध नेपालको आकांक्षालाई पुरा गर्न सरकारले हरेक क्षेत्रलाई अगाडि बढाउँदै लगेको प्रधानमन्त्रीको भनाइ छ ।

लेस फेस, लेस पेपर, क्यास लेसको अभियानमा सरकार लागिपरेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे । उनले भने– ‘मानिसको प्रत्यक्ष संलग्नता कम गर्ने, कागजको प्रयोग कम गर्ने, क्यास होइन हामीले चेक चलाउने, मेरो कित्ताको सिस्टममा मात्र होइन, अनेक क्षेत्रमा हामी नेपाललाई डिजिटलाइजेसनतर्फ लैजान चाहान्छौं ।’

सरकारको उद्देश्य जनतालाई उचित सेवा दिनु रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने–‘हाम्रो उद्देश्य त जनताको सेवा गर्ने हो, हिजोभन्दा आज उन्नत ढंगले सेवा पु¥याउने हाम्रो राष्ट्रिय आकांक्षा हो, हामी हाम्रा उद्देश्य पुरा गर्न नयाँ–नयाँ टेक्नोलोजी ल्याउँछौं, अझ भएन भने विदेशी प्रविधि पनि भित्र्याउँछौं ।’ – प्रधानमन्त्री ओलीले देशलाई समृद्ध बनाउन कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता पनि जनाए ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);