भारत र चीनका राजदूतले दिए प्रम ओलीलाई जन्मदिनको शुभकामना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारत र चीनका राजदूतले दिए प्रम ओलीलाई जन्मदिनको शुभकामना

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारत र चीनका राजदूतले बालुवाटार पुगेरै जन्मदिनको शुभकामना दिएका छन् । शुक्रबार ६७ औँ जन्मदिन मनाएका ओलीलाई चिनियाँ राजदूत यु हंग र भारतीय राजदूत मञ्जिवसिंह पूरीले विहान भेटेरै जन्मदिनको शुभकामना दिएका हुन् ।

दुबै देशका राजदूतले ओलीको दीर्घायुको कामनासँगै आगामी दिनमा ओली सरकारसँग प्रभावकारीरुपमा सहकार्य गर्न चाहेको सन्देश पनि दिए । ओलीलाई जन्मदिनको शुभकामना दिन एमाले, माओवादीसहितका दलका नेता पनि विहानै बालुवाटार पुगेका थिए ।

ओलीको जन्मदिनमा बालुवाटारमा दुईटा ‘बर्थडे केक’ काटिएका थिए । पहिलो केक स्थायी कमिटीले ल्याएको थियो । पार्टी केन्द्रीय कार्यालयका तर्फबाट कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्रीलाई दोस्रो केक खुवाएका थिए । अर्को केक भने मदन भण्डारी स्पोर्ट फाउन्डेसनले ल्याएको थियो । सो केक पनि प्रधानमन्त्री ओलीले नै काटे । ओली पत्नी राधिका शाक्यले सो केक पहिला ओलीलाई खुवाएकी थिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);