प्रधानमन्त्री दाहालको सक्रियता, आज मोर्चासँग सहमति गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्री दाहालको सक्रियता, आज मोर्चासँग सहमति गर्ने तयारी

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा संविधान संशोधन प्रस्तावबारेको छलफललाई तिब्रता, आज मधेसी मोर्चाका नेताहरुसँग निर्णायक वार्ताको तयारी

प्रधानमन्त्री दाहालको सक्रियता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनरत मधेसी मोर्चालाई सहमतिमा ल्याउने प्रयासलाई तिब्रता दिनुभएको छ । 

प्रधानमन्त्री दाहालले आज दिउँसो पनि मोर्चाका शीर्ष नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ । आजको छलफलमा मधेसी मोचाृका शीर्ष नेताहरुसँगै कांग्रेसका शीर्ष नेताहरुलाई पनि आमन्त्रण गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलमा कार्यदल स्तरमा तयार पारिएको मस्यौदा पेश गरिने छ । कार्यदल स्तरीय समितिले बनाएको मस्यौदाता तीन वटा विषयमा संविधान संशोधन गर्ने र सिमांकनको विवाद शक्तिशाली आयोग मार्फत् समाधान गर्ने उल्लेख गरिएको छ ।

यो प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि सकारात्मक देखिएको छ । प्रधानमन्त्री दाहालले बिहीबार पनि मोर्चाका नेताहरुसँग वार्ता गनुृभएको थियो ।

यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग वार्ता गर्नुभएको थियो । वार्ताका क्रममा ठाकुरले सहमतिका लागि आफुहरु तयार रहेको तर, सरकारले ठोस कार्ययोजना ल्याउनुपर्ने बताउनुभएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);