आज चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेतासँग वार्ता, सि जिनपिङसँग भोलि मात्रै भेटघाट | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८२, आइतबार

आज चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेतासँग वार्ता, सि जिनपिङसँग भोलि मात्रै भेटघाट

प्रधानमन्त्री पुष्पकमल दाहालले आज चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्य एवं उच्च नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

चिनियाँ राष्ट्रपति सि जिनपिङसँग प्रचण्डले के के प्रस्ताव राख्दैछन् ? यस्तो छ तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्य एवं उच्च नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

शनिबार साँझ बोआओबाट चीनको राजधानी बेइजिङ पुग्नुभएका प्रधानमन्त्र िदाहाल आज र भोलि उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुहुनेछ । सोमबार उहाँले चिनियाँ राष्ट्रपति सि जिन पिङसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

साताव्यापी चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्रीलाई बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्य एवम् नेपाली राजदूतावासका कर्मचारी, नेपाली व्यवसायी एवम् विद्यार्थीले बेइजिङ विमानस्थलमा स्वागत गरेका थिए ।

प्रधानमन्त्रीलाई बेइजिङस्थित दियाओयुताई स्टेट गेस्टहाउसमा बस्ने व्यवस्था मिलाइएको छ । विमानस्थलदेखि गेस्ट हाउससम्म पुग्ने सडकको एक खण्ड पूरै खाली गराएर प्रधानमन्त्रीको स्कर्टिङ गरिएको प्रधानमन्त्री दाहालका स्वकीय सचिव प्रकाश दाहालले जानकारी दिनुभयो ।

सोमबार बेइजिङस्थित राष्ट्रपति कार्यालयको ग्रेट हल आफ दि पिपुल्समा चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता हुने छ । भेट वार्तामा प्रधानमन्त्री दाहालले नेपालको आर्थिक विकासमा सहायताका लागि आग्रह गर्नुहुने छ ।

उहाँले केरुङदेखि काठमाडौं हुँदै पोखरा–लुम्बिीनी रेल मार्गलाई अघि बढाउन प्रस्ताव समेत गर्नुहुने छ ।

यस अघिको केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा भएका सम्झौताहरुलाई कार्यन्वयनका लागि चीनले जोड दिदै आएको छ । दुई नेता बीचको भेटवार्तामा कुनै सम्झौता भने हुने छैन ।

 

Leave a Reply