दाहाल र चिनियाँ उपमन्त्री चिङबीच भेट | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

दाहाल र चिनियाँ उपमन्त्री चिङबीच भेट

dahal n wang

काठमाडौँ, १४ साउन । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ या चिङ र पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा अध्यक्ष दाहालले कम्युनिष्ट पार्टीहरुबीचको एकताले जनतामा आशा जगाएको भन्दै जनताले चुनावमा जिताएर एकताको अनुमोदन पनि गरेको बताए। चीनको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरणाको स्रोत भएको भन्दै दाहालले नेपालको आर्थिक विकासमा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र जनताको निरन्तर सहयोग रहेको र आगामी दिनमा पनि यस्तै अपेक्षा गरेको बताए। उनले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताए।

उपमन्त्री चिङले राष्ट्रपति सि जिङ पिङको अध्यक्ष दाहालप्रति न्यानो अभिवादन रहेको सन्देश सुनाएका थिए। उनले ठूला कम्युनिष्ट पार्टीको एकताबाट देशमा स्थायित्व कायम भएकोमा बधाई दिए। उपमन्त्री चिङले नेपाल र नेपाली जनताको प्रगति र समृद्धिका लागि चीन सदैव तयार रहेको बताए। बेल्ट एण्ड रोड इनिसेटिभका लागि चौतर्फी वातावरण तयार भएको उनले बताए।