चिनियाँ राष्ट्रपति सि जिनपिङसँग प्रचण्डले के के प्रस्ताव राख्दैछन् ? यस्तो छ तयारी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

चिनियाँ राष्ट्रपति सि जिनपिङसँग प्रचण्डले के के प्रस्ताव राख्दैछन् ? यस्तो छ तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच आज अपरान्ह भेटवार्ता हुँदै छ ।

चिनियाँ राष्ट्रपति सि जिनपिङसँग प्रचण्डले के के प्रस्ताव राख्दैछन् ? यस्तो छ तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच आज अपरान्ह भेटवार्ता हुँदै छ ।

बेइजिङस्थित राष्ट्रपति कार्यालयको ग्रेट हल आफ दि पिपुल्समा उहाँहरुबीच दिउँसो चार बजे भेटवार्ता हुने तय छ । भेट वार्तामा प्रधानमन्त्री दाहालले नेपालको आर्थिक विकासमा सहायताका लागि आग्रह गर्नुहुने छ ।

उहाँले केरुङ काठमाडौं हुँदै पोखरा–दुम्बिीनी रेल मार्गलाई अघि बढाउन प्रस्ताव समेत गर्नुहुने छ ।

यस अघिको केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा भएका सम्झौताहरुलाई कार्यन्वयनका लागि चिनले जोड दिदै आएको छ । दुई नेता बीचको भेटवार्तामा कुनै सम्झौता भने हुने छैन ।

यस अघि बेइजिङ परराष्ट्र अध्ययन विश्वविद्यालयमा आइतबार नेपाल अध्ययन केन्द्रको उदघाटन गर्दै प्रधानमन्त्री दाहालले भूपरिवेष्ठित देश नेपालको चीनसँगको कनेक्टिभिटी मुख्य चासो भएको बताउनुभएको थियो ।

उहाँले सडक, रेलमार्ग र वेब लिंकको कनेक्टिभिटीले साझा समृद्धिको मार्ग प्रशस्त गर्ने बताउनुभएको थियो । उहाँले चीन–काठमाडौं थप हवाई सेवा बिस्तार गर्न र केरुङबाट काठमाडौं हुँदै भारतसम्म रेलमार्ग जोड्न सुझाव दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);