दलीय चुनाव चिन्ह नपाए स्थानीय तहको निर्वाचन हुन नदिने नयाँ शक्ति नेपालका संयोजक भट्टराईको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

दलीय चुनाव चिन्ह नपाए स्थानीय तहको निर्वाचन हुन नदिने नयाँ शक्ति नेपालका संयोजक भट्टराईको चेतावनी

१७ चैत्र, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले दलीय चुनाव चिन्ह नपाए चुनाव हुन नदिने चेतावनी दिनुभएको छ ।

बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डाक्टर भट्टराईले संसदमा भएका दलहरुलाई मात्र दलिय चुनाव चिन्हका आधारमा चुनावमा भाग लिन नदिने निर्णय कुनै हालतमा मान्य नहुने बताउनुभएको छ ।

डाक्टर भट्राईले चुनावको वातावरण बनाउन अघि सारेको सात बुँदे माग पुरा गराउन आजैबाट जनदवाब दिने बताउनुभयो । उहाँले चुनाव चिन्ह विना कुनैपनि हालमा चुनाव हुन नदिने चेतावनी दिनुभयो ।

संयोजक भट्टराईकै संयोजकत्वमा निर्वाचन परिचालन समिति र केशव दाहालको संयोजकत्वमा ७ सदस्य घोषणपत्र मस्यौदा समिति गठन गरिएको नयाँ शक्ति पार्टीले जानकारी गराएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);