श्रीमती सहित नेता बाबुराम भट्टराई पक्राउ, तीन दलले सिण्डिकेट लगाएको आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

श्रीमती सहित नेता बाबुराम भट्टराई पक्राउ, तीन दलले सिण्डिकेट लगाएको आरोप

देश तीन दलको सिन्डिकेटको शिकार भएको नयाँ शक्ति नेपालका अध्यक्ष भट्टराईको आरोप, दलिय चुनाव चिन्ह नपाए चुनाव बहिस्कार गर्ने चेतावनी

श्रीमती सहित नेता बाबुराम भट्टराई पक्राउ

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले देश तीन दलको सिन्डिकेटको शिकार भएको आरोप लगाउनु भएको छ । 

आइतबार नयाँ शक्ति नेपाल लगायत निर्वाचन आयोगमा दर्ता भएका पाँच दर्जन दलले स्थानीय तह चुनावमा दलीय चुनाव चिन्ह नदिएको भन्दै कान्तिपथस्थित निर्वाचन आयोग अगाडि धर्ना दिने क्रममा अध्यक्ष भट्टराईले देशमा तिनदलले मात्रै एकाधिकार चलाएको बताउनुभयो ।

उहाले साना दलहरुको माग पुरा नभएसम्म आन्दोलन जारी रहने पनि बताउनु भयो ।

नयाँ शक्तिले गत बिहीबार नै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै ऐन संशोधनका लागि ४८ घण्टाको समय दिएको थियो । समयसीमाभित्र ऐन संशोधन नभएको भन्दै नयाँ शक्तिसहितका दलले बिहान ९ बजेदेखि ११ बजेसम्म आयोगसहित देशभरका कार्यालयमा धर्ना दिएका हुन् ।

जुलसससहित धर्नाका लागि अयोगको केन्द्रीय कार्यालय बहादुरभवनतर्फ अघि बढेका भट्टराईसहित नयाँ शक्ति नेतृसमेत रहेकी पत्नी हिसिला यमी, नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल लगायतका दर्जन बढी साना दलका नेताहरु पनि पक्राउ परेका छन् ।

उनीहरुले केही दिन अघि नै स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई ज्ञापन पत्र बुझाउका थिए ।

साना दलहरुले दलिय चुनाव चिन्ह माग गरे पनि निर्वाचन सम्बन्धी ऐनमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई मात्रै तोकिएको चुनाव चिन्ह दिने र अरु दलहरुलाई स्वतन्त्र चुनाव चिन्ह दिने व्यवस्था छ ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);