डाेल्पामा वडाभन्दा मतदानस्थल धेरै | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

डाेल्पामा वडाभन्दा मतदानस्थल धेरै

जाजरकोट । ६५ वडा रहेको डोल्पामा ६६ मतदान स्थल र ६६ वटै मतदान केन्द्र रहेका छन् । उपल्लो डोल्पाका केही पालिकाको मतदाता संख्या एक हजार समेत छैन । आधा समय हिउँले सेताम्य हुने उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाको मतदाता संख्य नाै सय ६७ मात्र छ । 

चीनको सीमानासँग जोडिएको उक्त पालिकाका सर्वसाधारण आधा समय चिसो छल्न बेँशी तिर झर्ने गर्छन । जाजरकोटको नलगाड नगरपालिका-८ को मतदाताभन्दा करिब दुई तिहाइ कम मतदाता रहेको छार्काताङसोङ गाउँपालिकामा चुनाव जित्नका लागि तीन सय ५० भोट ल्याए पुग्ने देखिन्छ ।

पुरुषको भन्दा महिलाको जनसंख्या बढी रहेको यो पालिकामा चुनाव गराउन पनि हेलिकोप्टर प्रयोग हुँदै आएको छ । महिला मतदाताको संख्या पाँच सय १६ र पुरुष मतदाताको संख्या चार सय ५१ मात्रै छ । ६ वडा रहेको यस गाउँपालिकामा ६ वटै मतदानस्थल र ६ वटै मतदान केन्द्र रहेकाे जिल्ला निर्वाचन अधिकारी रामबहादुर सार्कीले बताए ।  

२०७४ सालको स्थानीय तहको निवार्चनमा शे-फोक्सुण्डो गाउँपालिकाका नाै वडा वडाध्यक्ष, वडा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत निर्वाचित भएका थिए । छार्काताङसोङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष मात्रै निर्वाचन भएको थियो भने डोल्पोबुद्ध गाउँपालिकाको अध्यक्षमा मात्रै निर्वाचन भएका थियो ।
 
डोल्पोबुद्ध गाउँपालिकाका मतदाताको संख्या एक हजार एक सय ८९ छ । ६ वडा रहेको डोल्पोबुद्ध गाउँपालिकामा पनि ६ मतदान स्थल र ६ वटै मतदान केन्द्र छन् । यहाँ महिला मतदाताको संख्या ६ सय १७ र पुरुष मतदाताको संख्या पाँच सय ७२ छ । जगदुल्ला गाउँपालिकाको मतदाता संख्या एक हजार ६ सय ९६ छ । 

दुई नगरपालिका र ६ गाउँपालिका रहेको डोल्पामा २२ हजार चार सय ४० मतदाता छन् । यसमा महिला मतदाताको संख्या बढी छ । ११ हजार ३ सय ७९ महिला मतदाता रहेको डोल्पामा पुरुष मतदाताको संख्या ११ हजार ६१ मात्रै छ । त्रिपुरासुन्दरी नगरपालिकामा सबभन्दा बढी ६ हजार एक सय ६२ छ । उपल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकाको मतदाता संख्या पनि दुई हजार पुगेको छ । यहाँ एक हजार नाै सय ९७ मतदाता छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);