आचारसंहिता उल्लंघन गरे उम्मेदवारी रद्द गरिदिने आयोगको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

आचारसंहिता उल्लंघन गरे उम्मेदवारी रद्द गरिदिने आयोगको चेतावनी

nirbachan aayog

काठमाडौं, १७ कात्तिक । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना नगर्ने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मतदातालाई लोभलालचामा फसाउने तथा डर, धम्की र त्रास दिएर प्रभावित तुल्याउने काम कहीँकतै भएको पाइए उम्मेदवारी रद्द हुनेसम्मको कार्वाही हुनेतर्फ पनि सचेत गराए ।

शुक्रबार काठमाडौंमा ‘युवाहरुका लागि निर्वाचन सम्बन्धि प्रशिक्षक प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले आयोगको अनुमतिविना सवारी साधनको प्रयोग नगर्न पनि राजनीतिक दल र त्यसका उम्मेदवारहरुलाई पुनः निर्देशन दिए ।

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न युवाहरु प्रतिवद्ध भएर लाग्ने विश्वास पनि व्यक्त गरे ।

भोजभतेर गरेर मतदातालाई खुवाउने होटलहरुलाई समेत नछाडिने

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना भए/नभएको विषयमा अनुगमन गर्न सबै निर्वाचन क्षेत्रमा टोली परिचालन गरिसकेको छ । अनुगमनको क्रममा भोजभतेर गरेर मतदातालाई प्रभावित तुल्याउने गतिविधि गर्ने होटलहरुलाई समेत कार्वाही हुने पनि प्रमुख निर्वाचन आयुक्त यादवले चेतावनी दिए । आगामी मंसीर १० र २१ गते २ चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);