निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची आज सार्वजनिक गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

काठमाण्डौँ, १७ कार्तिक । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरुको बन्दसूची आज सार्वजनिक गर्ने भएको छ ।

असोज २९ गते दलहरुले बुझाएको बन्दसूचीमा रहेका नीतिगत त्रुटी सच्याउँदै आवश्यक प्रक्रियापछि आयोगले समानुपातिक तर्फको बन्दसूची सार्वजनिक गर्न लागेको हो । अधिकांश दलले बुझाएको बन्दसूचीमा त्रुटी देखिएपछि आयोगले सच्याउन गत १२ गतेसम्मको समय दिएको थियो ।

समानुपातिकतर्फ निर्वाचन आयोगमा प्रतिनिधि सभातर्फ ४९ र प्रदेश सभातर्फ ५५ दलले बन्दसूची बुझाएका थिए ।

समानुपातिकतर्फ प्रतिनिधिसभामा १ सय १० र ७ वटा प्रदेश सभाका लागि २ सय २० जना सदस्य चुनिने छन् ।

समानुपातिकतर्फको बन्द सूचीमा ५० प्रतिशत महिला अनिवार्य गरिएको छ । त्यस्तै जनसंख्याको आधारमा खस आर्य ३१ दशमलव २, आदिवासी जनजाती २८ दशमलव ७, मधेशी १५ दशमलव ३, दलित १३ दशमलव ८, थारु ६ दशमलव ६ र मुस्लिम ४ दशमलव ४ प्रतिशत हुनु पर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);