राष्ट्रियसभा निर्वाचनको विधि र प्रक्रियाकाबारे दलहरुलाई आयोगको जानकारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौं, ९ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको विधि र प्रक्रियाका बारेमा राजनीतिक दलहरुलाई विस्तृत जानकारी गराएको छ । साथै मतदातालाई मतदान गर्ने विधिबारे दीक्षित गराउन पनि आयोगले दलहरुलाई आग्रह गरेको छ ।

मंगलबार कान्तिपथस्थित आयोगकै केन्द्रीय कार्यालयमा सबै राजनीतिक दलका प्रतिनिधिलाई बोलाएर आयोगले राष्ट्रियसभा निर्वाचनको मतदान र मतगणना प्रक्रियाबारे जानकारी गराएको हो । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मतदाताहरुलाई मतदान गर्ने विधिबारे दीक्षित गराउन सबै दलको ध्यानाकर्षण गराए।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरे कडा कार्बाही गर्ने चेतावनी पनि दिएको छ । निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गराउने दायित्व राजनीतिक दलहरुको पनि भएकाले आचारसंहिताको पूर्ण पालना गर्न गराउन उनले आग्रह गरेका छन्।

आगामी माघ २४ गते बुधबार राष्ट्रियसभा निर्वाचनको मतदान हुँदैछ । मतदान कार्य २ दिन भित्र सम्पन्न गरिसक्ने निर्वाचन आयोगको योजना छ । प्रमुख निर्वाचन आयुक्त यादवले एकल संक्रमणीय र बहुमतीय दुवै प्रक्रियाबाट मतगणना हुने भएकाले त्यसलाई सहज बनाउन पनि राजनीतिक दलहरुसँग आग्रह गरेका छन् ।

५६ सदस्यीय राष्ट्रियसभाका लागि हुने निर्वाचनमा २ हजार ५६ मतदाता रहेका छन । बाँकी तीनजना सदस्य मनोनीत गरि राष्ट्रियसभामा लगिने छ । बुधबार निर्वाचनको उम्मेदवारी दर्ता गर्ने कार्यसूचि तय गरिएको छ । निर्वाचनमा २१ वटा राजनीतिक दलहरुले भाग लिएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);