नयाँ सरकारले भारतसँगको सम्बन्धलाई अझ फराकिलो पार्छ : भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

नयाँ सरकारले भारतसँगको सम्बन्धलाई अझ फराकिलो पार्छ : भट्टराई

काठमाडौं, ९ माघ । नेकपा एमालेका नेता राजन भट्टराईले नयाँ सरकारले भारतसँगको सम्बन्धलाई अझ फराकिलो पार्दै लैजाने बताएका छन् । वाम गठबन्धन नेतृत्वको नयाँ सरकार बन्ने राजनीतिक कोर्षमा मुलुक प्रवेश भईरहँदा नेता भट्टराईले नयाँ सरकारले भारतसँगको सम्बन्धलाई अझ बलियो बनाउँदै लैजाने प्रतिक्रिया दिए ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भारतसँगको सम्बन्ध थप बलियो बनाउनु नेपालको हितमा हुने तर्क  गरे । नेपाल–भारत प्रवुद्ध समूहका सदस्य समेत रहेका भट्टराईले नेपालको आन्तरिक मामिलाको निर्णय गर्ने अधिकार नेपाल सरकार र नेपाली जनतामा निहित रहने  स्पष्ट पारेका  छन् ।

नेता भट्टराईले कुनै पनि मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नमिल्नेतर्फ पनि उनले गम्भीर ध्यानाकर्षण गराए । एमाले नेता भट्टराईले नेपाल आफ्नो निर्णय आफै गर्न सक्षम  रहेको स्मरण गराए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);