नेपाल-भारतबीचको सम्बन्धलाई आत्मीय बनाउने प्रस्ताबित राजदूत आचार्यको भनाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाल-भारतबीचको सम्बन्धलाई आत्मीय बनाउने प्रस्ताबित राजदूत आचार्यको भनाई

nilambar acharya

काठमाडौं, २३ मंसिर । भारतका लागि प्रस्तावित राजदुत निलाम्बर आचार्यले भारतसँगको सम्बन्धलाई आत्मीय बनाउने बताउनु भएको छ । आचार्यले नेपालको समृद्धिका लागि भारत अभिन्न अंग भएको उल्लेख गर्दै त्यसका लागि आफूले आत्मीय सम्बन्ध कायम राख्न कूटनीतिक पहल गर्ने कामलाई उच्च प्राथमिकता दिने पनि स्पष्ट पारे ।

आईतबार संसदीय सुनुवाई विशेष समितिको बैठकमा उहाँले अरु देशसँग सम्बन्ध विस्तार गर्दा भारतको कटौति हुने बुझाईलाई पनि आफूले अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरे । भारतका लागि प्रस्तावित राजदुत आचार्यले भारतसँग नेपालको सीमा खुला भएपनि मन खुला नभएको पनि टिप्पणी गरे ।

बैठकमा समितिका सदस्य योगेशकुमार भट्टराईले भारत र चीनबीचको सम्बन्धलाई सन्तुलित बनाउन पहल गर्न आचार्यलाई सचेत गराए । समितिका अर्का सदस्य पार्वत गुरुङले नेपाली जनताको भारतबिरोधि मनस्थिति अन्त्य गर्न आचार्यको ध्यानाकर्षण गराए ।

संसदीय सुनुवाई विशेष समितिका सदस्यहरुले भारतले नेपालमा हेपाहा प्रवृत्ति देखाउने गरेको भन्दै त्यसलाई रोक्न आवश्यक कूटनीतिक पहल गर्न आचार्य सफल हुने विश्वास पनि व्यक्त गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);