निर्यात व्यापार बढाउन सक्दो पहल गर्ने राजदुत आचार्यको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

निर्यात व्यापार बढाउन सक्दो पहल गर्ने राजदुत आचार्यको प्रतिवद्धता

nilambar acharya

काठमाडौं, २४ माघ । भारतका लागि नवनियुक्त राजदुत निलाम्बर आचार्यले नेपालको निर्यात व्यापार बढाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका छ ।

नवनियुक्त राजदुत आचार्यले मुलुकको समृद्धिका लागि निर्यात व्यापारमा जोड दिन आवश्यक रहेकाले आफूले सोही कामलाई भारतमा रहँदा प्राथमिकताका साथ अघि बढाउने बताएका हुन् ।

बिहीबार नेपाल चेम्बर अफ कमर्शले काठमाडौंमा आयोजना गरेको नवनियुक्त राजदुतहरुको सम्मान कार्यक्रममा उनले आर्थिक कूटनीतिका लागि आवश्यक सुझाव दिन पनि निजी क्षेत्रकमा व्यवसायीहरुलाई आग्रह गरे ।

आचार्यले आर्थिक कूटनीतिको माध्यमबाट मुलुकमा लगानी भित्रयाउन आवश्यक पहल गर्ने प्रतिवद्धता समेत जनाए । उनले कृषि, पर्यटन, जडिबुटी र जलविद्युत क्षेत्रमा भारतीय लगानी बढाउन आफूले पहल गर्ने बताए ।

राजदुत आचार्यले नेपालमा लगानी बढाउन निजी क्षेत्रका व्यवसायीहरुले ठोस योजना बनाउनु पर्ने आवश्यक्ता औंल्याए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);