सिन्धुलीमा जीप दुर्घटना, ५ को मृत्यु ,८ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सिन्धुलीमा जीप दुर्घटना, ५ को मृत्यु ,८ घाइते

sindhuli jeep durghatana

काठमाडौं, २४ माघ । सिन्धुलीको फिकल गाउँपालिका वडा नम्बर २ को चण्डी भञ्ज्याङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका वडा नम्बर १ महादेवडाडाबाट सिन्धुलीमाढी जाँदै गरेको गरेको बा १५ च ९४२२ नम्बरको बोलेरो दुर्घटना भएको हो ।

मृत्यु हुनेमा ३ जना महिला र २ जना पुरुष रहेका छन । दुर्घटनामा ८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जीप सडकबाट २ सय मिटर तल झरेको थियो ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेकालो उपचारका लागि धुलीखेल अस्पताल ल्याइएको र बााकी ५ जनाको गोलञ्जोर गाउँपालिका वडा नम्बर ७ खुर्कोटमा रहेको अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

बुधवार राती सिन्धुलीकै सुनकोशी गाउँपालिका वडा नम्बर २ को कमेरेफाँटमा जन्ती सवार बा ४ ख ९४३८ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);