धनुषा मालपोत कार्यालयमा अडियो सर्भिस सेवा सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

धनुषा मालपोत कार्यालयमा अडियो सर्भिस सेवा सुरु

malpot karyalaya dhanusha

बटुकनाथ झा
धनुषा, २४ माघ । भुमिसुधार तथा मालपोत कार्यालय धनुषालाई व्यवस्थित गर्न तथा कामकाजलाई सुलभ एवं सहज बनाउन अडियो सर्भिस सेवा सुचारु गरिएको छ । जिल्ला प्रशासन कार्यालयको पहलमा यो सेवा सुरु गरिएपछि मालपोत कार्यालय सेवाग्राहीमैत्री बन्दै गएको छ ।

मालपोत कार्यालय भन्ने बितिक्कै विचौलयाको चलखेल हुने कार्यालय भनेर सर्वसाधारणले बुझ्ने गर्छन । चाहे काठमाडौं उपत्यका भित्रको होस चाहे उपत्यका बाहिरका जिल्लाका । कर्मचारीलाई घुस नदिई काम नहुने र विचौलिया नलगि काम नहुने कार्यालय भनेर बदनामी कमाएको छ मालपोत कार्यालयले ।

यस्ता गम्भीर आरोपबाट मुक्त हुन धनुषाको मालपोत कार्यालयलाई अहिले सेवाग्राही मैत्री बनाउने प्रयास गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलले भुमीसुधार तथा मालपोत कार्यालयलाई बिचौलियामुक्त बनाउन अडियो सेवा शुरु गरिएको जानकारी दिए ।

भुमिसुधार तथा मालपोत कार्यालयमा एकदिनमा नै सेवाग्राहीको काम सम्पन्न गर्ने उद्देश्यका साथ अडियो सेवा शुरु गरिएको हो । कार्यालय प्रमुख रामबाबु मण्डलका अनुसार कार्यालयमा कर्मचारीको अभाव रहेकोले विभिन्न पालिकाहरुमा काम गर्ने दिन तोकेर काम सुरु गर्न लागिएको छ ।

भुमिसुधार तथा मालपोत कार्यालयमा एउटा फाईल खोज्न पनि त्यहाँ कार्यरत कर्मचारीहरु विना घुस बिना काम गर्नै मान्दैन । यसरी सेवाग्राहीबाट आउने आरोपलालाई चिर्न र विचौलियाको चलखेत अन्त्य गर्न शुरु गरिएको अडियो सेवा कत्तिको प्रभावकारी हुन्छ ? त्यो हेर्न भने केही समय कुर्नै पर्ने हुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);