मालपोत कार्यालयमा भिड बढ्दै, स्थानिय त्रासमा | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

मालपोत कार्यालयमा भिड बढ्दै, स्थानिय त्रासमा

महोत्तरी, १९ असोज । झण्डै ६ महिनापछी कोरोना महामारीको त्रासका कारण देशभर गरीएको लकडाउन तथा निषेधाज्ञा हटाईए पछी महोत्तरी जिल्लाका बिभिन्न सरकारी कार्यालयहरुका कामकाज सुरु भए संगै सदरमुकाम जलेश्वरमा रहेको भुमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयमा सेवाग्राहकिो भिड बढदै गएपछी यती खेर कोरोना संक्रमणको जोखीम बढने हो की भन्दै स्थानियहरु चिन्तीत बन्न थालेका छन ।

करीब ६ महिनाको बन्दाबन्दीको कारण यहाँका सर्बसाधारणहरु भुमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयबाट प्राप्त हुने सेवाबाट बन्चीत भएका थिए । कारोना भाईरसको संक्रमणबाट बच्नकोलागी यस कार्यालयले स्वास्थ्यसुरक्षको मापदण्ड अपनाउँदै कार्यालय परिसरमा साबुनपानीको ब्यबस्था , सोसल डिस्टेन्स लगायतका बिधि अपनाउनका लागी साप्ताहीक तालीका जारी गर्दै असोज १ गते देखी जग्गा किनबेच , रोक्का तथा फुकुवा जस्ता काम संचालन गरेको छ ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै बिभिन्न सेवाक्षेत्र खुल्ला गर्ने सरकारी निती भएपनी अ सावधानीका कारण कर्मचारी तथा सेवाग्राही समेत कोरोनाको संक्रमीत हुने संभावना उच्च रहेको देखीएको छ । महोत्तरीको जलेश्वरमा रहेको भुमिसुधार तथा मालपोत कार्यालयमा असोज १ गतेदेखी नियमीत रुपमा काम काज सुरु भए संगै कार्यालयमा सेवाग्राहकिो अतयधिक भिढ बढन थालेको छ ।

सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्रै कार्यालय संचालन गर्न भने ता पनी जलेश्वरमा रहेको भुमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयमा त्यसको पालना न हुँदा कतीपय सेवाग्राही चिन्तीत देखीएको छ । महोत्तरीको जलेश्वर स्थित रहेको मालपोत कार्यालयबाट जिल्लाका १५ स्थानिय तह मध्ये १४ वटा स्थानिय तहका जनताले सेवा पाइृ रहेका छन् भने बाँकी १ बर्दिवास नगरपालीकाका सर्बासाधारणहरुले बर्दिवासमा रहेका मालपोत तथा नापी साखाबाट सेबा लिई रहेका छन् ।

अहिले मालपोत कार्यालयमा जग्गा किनबेच , रोक्का तथा फुकुवा जस्ता कामको लागी सेवाग्राहहिरु आउने गरेका छन् । आम नागरीकमा यतीखेर कोरोनाको डर भन्दापनी कामको चिन्ता बढी रहेको पाईएको छ । देशमा कोरोना महामारीको संक्रमण बढ िरहेकोबेला यसरी सरकारी कार्यालयहरुमा हुने भिढभाड र असावधानीले स्थिती भयाबह हुने निश्चित देखीन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);