मालपोतको हाताभित्र लेखापढी व्यवसायीलाई प्रवेश निषेध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मालपोतको हाताभित्र लेखापढी व्यवसायीलाई प्रवेश निषेध

सौरभ यादव
सप्तरी, १५ असोज । नेपाल सरकारले मालपोत कार्यालयको हाताभित्रबाट लेखापढी व्यवसायीहरुलाई निकाल्न गरिएको निर्णयले सप्तरीमा विवाद उत्पन्न भएको छ । कर्मचारी र लेखापढी व्यवसायीबीचको विवादका कारण कार्यालयको कामकाज ठप्प हुँदा सेवाग्राही समेत मर्कामा परेका छन् ।

जिल्ला मालपोत कार्यालय सप्तरीको हाता भित्रै बसेर वर्षौँदेखि लेखापढी गर्दै आएका व्यवसायीहरुलाई मालपोत कार्यालय सप्तरीले ठाउँ खाली गर्न भनेपछि विवाद उत्पन्न भएको हो । एक्कासी गरिएको सरकारको यस्तो निर्णयले आफुहरु प्रति अन्याय भएको उनीहरुको भनाई छ ।

व्यवसायीलाई हटाउन खोज्दा सप्तरी मालपोतमा विवाद उत्पन्न भएपछि कर्मचारीहरुले कामकाज नै ठप्प भएको छ । जसका कारण जिल्लाको विभिन्न नगरपालिका तथा गाउँपालिकाबाट आएका सयौँ सेवाग्राहीहरु मर्का परेका छन् । विवादका करण सेवाग्राहीहरु बिना कामकै घर फर्किन बाध्य भएका छन् ।

संघीय मन्त्रिपरिषदले गएको साउन २९ गते देशैभरिका मालपोत कार्यालय र नापी कार्यालयमा सरोकारवाला बाहेकलाई प्रवेश निषेध गर्न तथा सेवालाई चुस्त दुरुस्त बनाउन १५ दिन भित्र सबै लेखापढी व्यवसायी मालपोत कार्यालयको हाता खाली गराउन गृह मन्त्रालय र मालपोत विभागलाई निर्देशन दिएको थियो ।

सोहि निर्देशन अनुसार सप्तरीमा लेखापढी व्यवसायीहरुलाई मौखिक तथा लिखित जानकारी दिएपनि उनीहरु हट्न नमानेको जिल्ला मालपोत कार्यालय सप्तरीका प्रमुख दुधिराम गुरागाईले बताए ।

साथै सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्न र बिचौलियबाट मुक्त गर्न मालपोत र नापी कार्यालयलाई व्यवस्थित गर्न लागिएको जिल्ला प्रशासन कार्यालयको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);