नेकपाका नेता माधव नेपाल सुटुक्क चीन प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेकपाका नेता माधव नेपाल सुटुक्क चीन प्रस्थान

madhav

काठमाडौं, १५ असोज । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपाल चीन प्रस्थान गरेका छन् । नेपाल आइतवार राती सुटुक्क चीनतर्फ लागेका हुन् । उनी असोज १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । हाल कोष्टारिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि सोही दिन स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

नेता नेपालले संसदमा बजेट अधिवेशनको अन्तिम दिन सरकारले जनताको चाहना अनुसार काम गर्न नसकेको, पार्टी सामूहिक पद्धतिमा नचलेको आरोप लगाएका थिए ।

उनले सदनमा यस्तो आरोप लगाएको भोलिपल्ट राजधानीमा आफू निकट स्थायी समिति सदस्यलाइ वोलाएर बैठक समेत गरेका थिए । नेता नेपालले चीन भ्रमणका क्रममा चीनियाँ उच्च नेताहरुसंग भेटघाट गर्ने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);