गृहमन्त्री श्रेष्ठको टोली चीन प्रस्थान,आइतबार स्वदेश फर्कने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

गृहमन्त्री श्रेष्ठको टोली चीन प्रस्थान,आइतबार स्वदेश फर्कने

काठमाडौं, १३ असार । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पाँच दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । मन्त्री श्रेष्ठसहित ७ जनाको टोली मंगलबार राति चीन प्रस्थान गरेको हो ।

चीनको छेन्दु शहरमा जान लागेको उनको सचिवालयले जनाएको छ । श्रेष्ठ छेन्दुमा हुने एक व्यापार मेलामा विशेष अतिथिको रुपमा सहभागी हुनेछन् । भ्रमणको क्रममा मन्त्री श्रेष्ठले विश्वविद्यालयको अवलोकन तथा भ्रमण गर्ने लगायतको कार्यक्रम रहेको छ ।

उनी शनिबार बिहानको उडानमार्फत स्वदेश फर्कने कार्यक्रम रहेको छ । केही समय अघि पुर्व सभामुख अग्नीप्रसाद सापकोटासहितको ११ जनाको टोलीले चीन भ्रमण गरेर फर्किएको थियो । File Photo

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);