पोखरामा व्यवसायिक उडान भर्न चीन सकरात्मक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

पोखरामा व्यवसायिक उडान भर्न चीन सकरात्मक

काठमाडौं, १७ असार । जनवादी गणतन्त्र चीनको पाँचदिने भ्रमण सकेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश आइपुुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रेष्ठले चिनियाँ अधिकारीहरुसँग बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)बारे छलफल भएको बताए ।

मन्त्री श्रेष्ठले आर्थिक विकास र समृद्धिका लागि आर्थिक सहयोग वृद्धि गर्न अनुरोध गरेको सुनाए । छेन्दु–पोखरा र छेन्दु–भैरहवामा व्यवसायिक उडानका लागि अगाडि बढ्न आफूले चीनलाई आग्रह गरेको उनले स्पष्ट पारे । त्यसमध्ये पोखरामा अलि बढी चीन सकारात्मक रहेको उनले जानकारी दिए ।

छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त सरकारका उपमहासचिव सियाओ फङ्ग, चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) सिचुवान एयरलाइन्स कमिटीका सचिव सी छयी र छेन्दुस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले बिदाइ गरेपछि उनी नेपाल प्रस्थान गरेका थिए ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता गरे । भेटवार्ताका क्रममा उनीहरूबीच दुई देशबीच व्यापार, लगानी, पर्यटन,‘कनेक्टिभिटी’लगायत विषयमा छलफल हुनुका साथै चीनद्वारा नेपालमा थप सहयोग बढाउने बारेमा विचार–विमर्श भएको थियो । श्रेष्ठ र चीनका उपप्रधानन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);