चीनले नेपालका भूकम्प प्रभावित क्षेत्रका लागि आपत्कालीन सहयोग पठायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

चीनले नेपालका भूकम्प प्रभावित क्षेत्रका लागि आपत्कालीन सहयोग पठायो

काठमाडौं, २३ कात्तिक । चीनले नेपालका भूकम्प प्रभावित क्षेत्रका लागि आपत्कालीन सहयोग पठाएको छ । पश्चिम नेपालका भूकम्प प्रभावित क्षेत्रका लागि चिनियाँ आपत्कालीन राहत सामग्री बुधवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको हो ।

५० लाख आरएमबी युआन (६९०,००० अमेरिकी डलर) मूल्यका ६०० कपास टेन्ट र ४ हजार ६ सय कम्बल लिएर दुईवटा चिनियाँ कार्गो विमान विमानस्थलमा अवतरण गरेका थिए । हस्तान्तरण समारोहमा नेपालका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदुत चेन सोङको उपस्थिति थियो ।

श्रेष्ठले नेपालको आर्थिक विकासमा चीनले सँधै सहयोग गरेको र २०१५ को भूकम्प र कोभिड–१९ महामारी जस्ता संकट र आवश्यकताको समयमा सहयोग गरेको उल्लेख गर्नुभयो । चेन सोङले राहत सामग्रीले मानवजातिको साझा भविष्यसहितको समुदाय निर्माण गर्ने चीनको प्रतिवद्धताको प्रतिक भएको बताउनु भयो । ६.४ म्याग्निच्युडको भूकम्पपछि चीन सरकारले तत्कालै चीन–दक्षिण एशियाली मुलुक आपत्कालीन आपूर्ति आरक्षबाट ५० लाख युआन बराबरको राहत सामग्री नेपाललाई उपलब्ध गराएको थियो । केरुङ–रसुवागढी नाकाबाट सो सामग्री सोमवार भित्रिएको नेपालस्थित चिनियाँ दुतावासले जनाएको छ ।

चाइना इन्टरनेशनल डेभलपमेण्ट कोअपरेसन एजेन्सीले नेपाललाई १ करोड ५० लाख आरएमबी युआन (२.०७ मिलियन डलर) बराबरको आपतकालीन मानवीय सहायताको थप ब्याच घोषणा गरेको छ । जसमध्ये ६०० कपासको पाल र ४ हजार ६ कम्बल बुधवार पोखरा लगिएको छ । चीनले बाँकी एक करोड आरएमबी युआन १.३७ मिलियन डलर) नेपालको आवश्यकताअनुसार भूकम्पपछिको पुनर्निर्माणमा खर्च गर्नेछ भने चीनको रेडक्रस सोसाइटीले भूकम्प पीडितको उद्धार तथा राहत कार्यमा नेपाललाई आपतकालीन नगद सहयोग स्वरुप १ लाख अमेरिकी डलर उपलब्ध गराउने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);