चीन भ्रमणमा रहेका प्रचण्ड बेइजिङ नपुगी फर्कने | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०७९, बुधवार

चीन भ्रमणमा रहेका प्रचण्ड बेइजिङ नपुगी फर्कने

prachanda in chiana

काठमाडौं, १ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बेइजिङ नपुगी फर्किने भएका छन्।

राजनीतिक भ्रमण भनिए पनि उनी प्रादेशिक नेतासँग भेटवार्तामै सीमित हुने र स्वदेश फर्कने बताइएको छ। राष्ट्रपति सी चिनफिङसँग भेट हुने भए मात्र बेइजिङ पुग्ने बताएका उनले अहिलेसम्म बेइजिङस्थित नेपाली दूतावासलाई कुनै जानकारी दिएका छैनन्। यद्यपि उनलाई स्वागत गर्न राजदूत लीलामणि पौड्याल शनिबार ग्वान्जाओ आएका थिए।

परराष्ट्र अधिकारीका अनुसार दाहालको बेइजिङ भ्रमणबारे दूतावास बेखबर छ। राजदूत ग्वान्जाओ आए पनि चिनियाँ पार्टीले भेटबारे दूतावासलाई जानकारी गराएको छैन। पूर्वप्रधानमन्त्रीको यो स्तरको भ्रमण हुँदा जानकारी हुने प्रचलन छ। दाहाल शनिबार चीन प्रस्थान गरेका हुन्।
दाहालभन्दा अघिल्लो दिन चीन प्रस्थान गरेका अर्का नेता तथा पूर्वउपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ मंगलबार बेइजिङ पुग्नेछन्। श्रेष्ठ तेन्जिनबाट मंगलबार बेइजिङ पुग्ने कार्यक्रम रहेको नेपाली दूतावासले कुनै जानकारी पाएको छ। उनले बेइजिङमा राजनीतिक भेटघाट गर्ने पनि स्रोतले बतायो। उनी पनि पार्टीको निमन्त्रणामा त्यसतर्फ गएका हुन्।

उपराष्ट्रपति नन्दबहादुर पुन पनि बुधबार चीन भ्रमणमा निस्कँदै छन्। उनी पनि चीनको सिचुवान प्रान्तको छेन्दुमा हुने एक मेलामा सहभागी हुने कार्यक्रम छ। चीनले पश्चिम चीनको विकासका लागि आयोजना गर्ने मेलामा नेपालका तर्फबाट उपराष्ट्रपतिले सहभागिता जनाउने भएका हुन्। पछिल्लो पटक उपराष्ट्रपति भएपछि उनको यो पहिलो विदेश भ्रमण हो।

दाहालले आइतबार चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलको अवलोकन गरेको उनको सचिवालयले जानकारी दिएको छ। सन् १९४५ मा चीनको येनान प्रान्तमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको सातौं महाधिवेशन स्थल र येनानमा सन् १९३८ देखि १९४५ सम्म रहेका माओले पहाड खोलेर बनाइएको घरको अवलोकन गरेका थिए। आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।